२०८३ जेष्ठ २१
०६१४४५०००, ९८५६०३३३९१

मातृशिशु मितेरी अस्पतालको क्यान्टीनमा दुसित खाना भेटिएपछि प्रशासनको अनुगमन , १० हजार जरिवाना

पोखरा १६ बाटुलेचौरमा रहेको मातृशिशु अस्पतालमा सन्चालित दिभान्स खाजा घर नामको क्यान्टीनले दुशित खानेकुरा बिक्रि गरिरहेको जनगुनासो आएपछी कास्की प्रशासनको नेतृत्वमा बजार अनुगमन गरिएको छ । शनिबार कास्किका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको कमान्डमा क्यान्टीनको अनुगमन गरिको थियो । अनुगमनमा खाध्य तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख बिजन श्रेस्ठ , राष्ट्रिय उपभोक्ता मन्छ कास्किका राजेन्द्र लिगल , प्रहरी निरिक्षक सापकोटा , पत्रकार ऋषिराम बराल , सन्जय थापा र यदुनाथ बन्जारा , हस्पिटल बिकास समितिका अध्यक्ष राजेन्द्र बहादुर देवकोटा , मेसु धर्मदेव ढकालको रोहबरमा अनुगमन भएको थियो ।


अस्पताल क्यान्टीनमा दुर्गन्धित फोहोर मैला फेला परेको थियो भन्ने बिक्रिको लागि राखिएको तरकारी सडेगलेको फेला परेको थियो । क्यान्टीन सन्चालकलाइ सोमबार जिल्ला प्रशासन कार्यालय उपस्थित गराइ बयान लिइएको थियो ।उनलाइ उपभोक्ता सरक्षण ऐन बमोजिम १० हजार जरिवाना तिराइ कारबाही गरिएको सहायक प्रजिअ तथा बजार अनुगमन सयोजक चित्राङत बरालले बताए । उनलाइ ब्यबसाय सन्चालन गर्दा अपनाउनु पर्ने कार्य गर्न ६ बुदे निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्