यदुनाथ बन्जारा
द्वन्दकालमा रोकिएको पोखराको खानेपानी सस्थान गेट देखि मालपोत नापी कार्यालय जाने बाटो खुलाउन पहल थालिएको छ । २०६०/०६१ तिर माओबादी सशस्त्र द्वन्द चर्किएको बेला सशस्त्र प्रहरी बलले आन्तरिक सुरक्षाको कारण देखाउदै नागरिकले प्रयोग गर्दै आएको सडक बन्द गरेको थियो । शसस्त्र द्वन्द्व अन्त्य भएको २५ बर्ष पुग्न लाग्दा पनि उक्त सडक अझ खुलाइएको छैन ।
उक्त सडक बन्द हुदा ६ नम्बर वडा र ७ नम्बर वडाका नागरिकलाई खानेपानी कार्यालय र मालपोत नापी कार्यालयमा आउजाउ गर्न लामो बाटो प्रयोग गर्नुपर्ने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट मालपोत तर्फ सिधा जादा करिव १ सय मिटर जाने बाटो घुमेर बन्द भएपछी सहिद चोक हुँदै करिव १ किमि बाटो हिड्नपर्ने भएको छ यसले समय इन्धन र सास्ती ब्यहोर्न पर्ने अबस्था आएको छ ।
द्वन्द अन्त्य भएको २ दशक बढी अबधी बितिसक्दा पनि बन्द भएको बाटो खोल्न पहल नगरेको भन्दै स्थानीयले महानगर र वडामा पटकपटक ध्यानाकर्षण गराउदै आएका छन । नागरिकले गरेको गुनासोको सम्बोधन गर्न ७ नम्बर वडा कार्यालयले बन्द बाटो खोल्न पहल अगाडि बढाएको छ । वडा अध्यक्ष राममोहन आचार्य , नागरिक समाजका अभियन्ता राम बहादुर पौडेल सहितको एक टोलिले जेष्ठ २६ गते सशस्त्रका बाहिन पति दिपेन्द्र शाहलाइ उनकै कार्यकक्षमा भेट गरि बाटो खुलाउने ध्यानाकर्षण गराएको थियो । डिआइजी शाहले सुरक्षाको कारण अन्यत्र बाट बाटो खोल्न अनुरोध गरेका थिए । अनुरोधलाइ वडा अध्यक्ष आचार्यले सिधै अस्वीकार गर्दै जनताको बाटो खोल्नुको बिकल्प नहुने बताए । पोखरा महानगरपालिकाको नगर सभा अगाडिनै बाटो खोल्न अनुरोध गरेका थिए । स्थानिय वडाको समस्या बुझेर बाटो नखोले डोजर लगाएर बाटो खोल्न बाध्य हुने वडा अध्यक्ष राम मोहन आचार्यले बताएका थिए ।

शसस्त्रका बाहिनिपती शाहले जेष्ठको ३ गते सम्म पर्खिदिन माग गरेका थिय । हामी हाम्रो आन्तरिक काम सकेर तालुक कार्यालय मार्फत प्रक्रिया अगाडि बढाउने छौ शाहले भने । यो बाटो जनताको हो । भइरहेको सार्वजनिक सडक खोल्न सुरक्षाको कारण देखाउदै शसस्त्रले आनाकानी गरिरहेको छ । सुरक्षा प्रवन्ध मिलाएर भए पनि बाटो खोल्नुपर्ने नागरिक समाज पोखराका सस्थापक राम बहादुर पौडेलले सुझाव दिएकाछन ।
बाटो घाटो रोक्नु हुदैन । हिजोको विषम परिस्थितिमा जनताले साथ दिएकै कारण बाटो बन्द हुदापनी मौन थिए अब हिजोको बहाना बनाएर आज बाटो बन्द गरिरहनु नागरिकको अधिकारमा कुन्ठित पार्नु हो । १ सय मिटरको बाटो १ किमि हिड्न बाध्य पार्नुलाई राम्रो मान्न सकिन्न । ३ गते छलफल गरेर शसस्त्र प्रहरी ४ नम्बर मुक्तिनाथ बाहिनिले कस्तो निकास दिने निर्णय गर्छ त्यो प्रतीक्षाको बिषय बनेको छ
। बाटो खुलाउने बिषयमा आलटाल भएमा स्थानीय तह सरकार र शसस्त्र प्रहरी बल बीचमा मतभेद हुने अबस्था आएको छ । दुबै पक्षले विबाद नगरी निकास निकाल्न पहल गर्नुपर्छ । फिर्के खोलाको अतिक्रमण हटाइएपछी फिर्के करिडोर बाट निकास सडक निकाल्न शसस्त्र प्रहरिले सुझाव दिएको छ तर करिडोर निकाल्न समय लाग्ने भएकोले तत्काल साविककै बाटो खुलाउन आवश्यक रहेको वडा न ७ कार्यालय बताएको छ ।

प्रतिक्रिया दिनुहोस्