ब्यापारिक रुपमा पोखराको उत्तर सिरानस्थल पोखरा १६ नम्बर वडा केही पछि परेको देखिएपनी पोखरा महानगरपालिका वडा नम्बर १६ लाई शैक्षिक हबको रुपमा चर्चाको शिखरमा रहेको छ । पस्चिमान्चल इन्जिनियर क्याम्पस , गण्डकी बोर्डिङ, गण्डकी कलेज अफ इन्जिनियरिङ , देशकै चर्चित बिध्यालय बिन्ध्यबासिनी मा बिले अब्बल शैक्षिक बिरासत धानेको छ । शैक्षिक बिरासतको टेवा थप्दै बिन्ध्यबासिनी क्याम्पसले आफ्नो पाइलालाइ सफलताको उचाइमा डोर्याउदै अघि बढेको छ ।
बि स २०६६ मा बिन्ध्यबासिनी माध्यमिक बिध्यालय सरक्षक रहि बिब्यसको पहलमा तत्कालीन बिब्यस अध्यक्ष गोपाल थापा र स्थानिय शिक्षा सेवीहरुको सक्रियतामा स्थापना गरिएको बिन्ध्यबासिनी क्याम्पसले ब्यबस्थापन बिषयमा स्नातक अध्यन गराउदै आएको छ । ब्यबस्थापन बिषयमा बिन्ध्यबासिनी क्याम्पसले स्थापनाको छोटो समयमै उत्कृष्ट नतिजा दिदै आएको छ । एउटै बिषयमा अध्यापन गराउदै आएको त्रिभुवन बिश्वबिद्धालयको सम्बन्धन लिएर ब्यबस्थापन सङ्कायले गत बर्ष टियु कै रेकर्ड ब्रेक गरेर ईतिहास रचेको छ । देशभरका कलेजमा ब्यबस्थापन सङ्काय चौथो बर्षकी छात्रा निर्मला रेग्मिले अब्बल नतिजा दिएर क्याम्पसको शैक्षिक गुणस्तरक्ल विरासतलाई किर्तिमानी बनाएकी थिइन ।
उत्तरी पोखराको लागि ब्यबस्थापन बिषयको निर्बिकल्प क्याम्पसको पहिचान बनाउन सफल बिन्ध्यबासिनी क्याम्पस त्रिभुवन बिश्वबिद्धालयबाट सम्बन्धन प्राप्त एक सामुदायिक क्याम्पस हो । पछिल्ला बर्षमा क्याम्पसले शैक्षिक गुणस्तरमा उल्लेख्य योगदान पुर्याउदै आएको क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानिया बताउछ्न ।
ब्यबस्थापन बिषय पढ्न इच्छुक बिध्यार्थीहरुले सर्बसुलभ शुल्कमा बिहानिको कक्षा लिन सहज बनाइएको छ । बिहान पढेर दिउँसो जिबिकोपार्जनमा जुट्न समय मिल्ने भएकोले बिब्ध्यबासिनी क्याम्पस बिध्यार्थिको रोजाइको शैक्षिक सस्था बन्दै गएको छ । हाल क्याम्पसमा २ सय जना भन्दा बढी बिध्यार्थिले बिबिएस अध्यन गर्दै आएको क्याम्पस प्रमुख सुमन केशब पराजुली बताउछन ।
बिन्ध्यबासिनि क्याम्पसका बिध्यार्थिले देशकै अब्बल नतिजा दिन सफल भएका छन प्रमुख पराजुलीले भने । गत बर्ष निर्मला रेग्मिले गन्डकी प्रदेश टप गरेर क्याम्पसको इज्जत र आफ्नो भविस्य सुरक्षित बनाएकी छन ।यस्तै तिलक आचार्यले ७४ प्रतिहत अङ्क ल्याएर त्रिभुवन बिश्वबिद्धालय अन्तरगतका कलेजहरुमा अग्रता लिइरहेका छन । अनुभवी शिक्षक र अध्यनमैत्री बातावरणका कारण शैक्षिक प्रगतिमा टेवा मिलेको सफल बिध्यार्थिहरुको अनुभव रहेको छ ।
बिध्यार्थिको बिदेश पलायनको लहर चलेर देशका चर्चित पुराना कलेजहरुमा बिध्यार्थी सङ्ख्या घट्दै गएको सन्दर्भमा बिन्ध्यबासिनी क्याम्पसमा बिध्यार्थी थपिदै जानुले पनि गुणस्तरीय शैक्षिक उपलब्धीलाई चित्रण गराएको छ । बिन्ध्यबासिनी माबी प्रमुख सरक्षक रहेको क्याम्पसले आगामी बर्षहरुमा उल्लेख्य योगदान र नमुना बन्न सक्ने सभावनाको ढोका खुलेको छ ।
३ सय जना भन्दा बढि स्थानिय समाजसेवि र शिक्षा प्रेमिहरु सिनेटरको भुमिकामा रहेको बिन्ध्यबासिनी क्याम्पसले यो पहललाई निरन्तरता दिन सर्वसुलभ मुल्यमा गुणस्तरीय शिक्षाको लागि पोखराका बिध्यार्थी अभिभावक र समग्र पोखरेलिको लागि उपलब्धिको ढोका खोलिने बिन्ध्यबासिनी क्याम्पसका एकेडेमिक को-अर्डिनेटर बिजय शर्माले बताए । बागलुङ ,पर्वत र कास्किका विभिन्न पालिकाका बिध्यार्थी अध्यनरत रहेका छन । नया शिक्षिक सत्रका लागि बिध्यार्थिको स्वागत गर्न सदैब तयार रहेको शर्मा बताउछन ।
जापानमा निशुल्क इन्टर्नको मौका
विन्ध्यवासिनी क्याम्पस, बाटुलेचौरमा अध्ययनरत् विद्यार्थीमध्ये बर्सेनि ६ जनाले जापानमा निःशुल्क इन्टर्न गर्न पाउने गरि गत बर्ष एक सम्झौता गरि सोको प्रक्रियागत तयारी थलिएको छ । योको फुजिकावा सहरमा मुख्यालय रहेको अनावुकी इन्टरप्राइजेज कम्पनी लिमिटेडले यस्तो सुविधा दिएको हो ।
गत बर्ष कम्पनीका प्रमुख काजुमा मिकोरासहितको टिमले विन्ध्यवासिनी क्याम्पस प्रशासन र व्यवस्थापनसँग एक दिवसीय औपचारिक कार्यशाला गोष्ठी आयोजना गरी ६ महिने इन्टर्नसिपबारे सरोकारवालासँग राय सुझाव संकलन गरेको थियो ।
जापानको अनावुकी इन्टरप्राइजेजले हरेक वर्ष ६ जना विद्यार्थीलाई आफ्नो बिजनेस कम्पनीमा लगेर व्यापारिक र मार्केटिङ प्रयोगात्मक अभ्यास गराउने प्रबन्ध मिलाउने इन्टरप्राइजेजका प्रमुख काजुमा मिकोराले बताए अनुसार यो कार्य अगाडि बढेको हो ।
यसबाट विद्यार्थीले अन्तर्राष्ट्रिय व्यापार र बजारीकरणको काम सिक्नुको साथै आय आर्जन गर्न सक्ने अवसर पाउने छन् । यो सुबिधा बिन्ध्यबासिनी क्याम्पस बाटुलेचौरमा अध्ययन गर्नेले मात्र पाउनेछन । पोखरा १६ का स्थानिय मदन बस्यालले यो प्रवन्ध मिलाएका हुन ।


प्रतिक्रिया दिनुहोस्