सबै जिल्लामा गुरुकुल विस्तार गर्ने योजना

सराङकोट न्यूज
5 April, 2018 10:04 am
Advertisements

चैत ४, २०७४

काठमाडौं – हराउँदै गएको गुरुकुल शिक्षालाई देशका सबै जिल्लामा विस्तार गरिने भएको छ । नेपाल शिक्षा परिषद र राष्ट्रिय गुरुकुल शिक्षा परिषदको समन्वयमा ७७ वटै जिल्लामा गुरुकुल विस्तार गर्ने योजना अघि सारिएको हो ।

नेपाल शिक्षण परिषदद्धारा आयोजित राष्ट्रिय गुरुकुल सम्मेलनमा यस्तो यस्तो निष्कर्ष निकालिएको हो ।

सम्मेलनका संयोजक एवं नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा. श्रीराम केसीले सम्मेलनले ६ वटा निर्णय गरेको जानकारी दिए ।

मुलुकभर हाल सञ्चालनमा रहेका दुई सय २५ गुरुकुलका मठ मन्दिरको संरक्षण गर्ने, वैदिक शिक्षा बोर्ड गठन गर्न सरकारसँग माग गर्ने, ग्रहगणित अध्ययन गर्ने वेदशालाको निर्माण गर्ने लगायतको निर्णय भएको उनले जानकारी दिए ।

सनातन वैदिक परम्पराको मौकिक स्वरुप नेपालको नेपालको गुरुकुलीय शिक्षा पद्धति हो । २०२८ सालबाट नयाँ शिक्षा नीति तर्जुमा भई लागू भएपछि गुरुकुलीय शिक्षा ओझेलमा पर्न थालेको हो ।

कार्यक्रममा नेपाल तथा भारतका विभिन्न विज्ञहरु तथा कार्यपत्र प्रस्तोताले सबल र सक्षम नागरिकका लागि गुरुकुल शिक्षाको विकल्प नभएको दाबी गरेका थिए ।

सम्मेलनमा क-कसले के भने ?
-डा. दीपक कोइरालाले वर्तमान समयमा गुरुकुलको आवश्यकता एवं गुरुकुलीय शिक्षाको महत्ताबारे जानकारी गराए । शिक्षाले व्यक्तिलाई जागरि खाने मात्रै नबनाएर व्यक्तिको सर्वांगीण विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

-वास्तुविद डा. वासुदेव कृष्ण शास्त्रीले क्रमिक रुपमा वैदिक शिक्षा अन्तर्गतको ६४ कला सिकाउँदै गुरुकुल अघि बढ़नु पर्ने बताए ।

-स्वर्गद्वारी गुरुकुलका डा. रुद्र मिश्रले वैदिक शिक्षा पद्धतिमा धेरै प्रकारका विज्ञानसम्मत प्रयोगविधी रहेको उल्लेख गरे ।

-डा. मुकुल कानिटकरले अहिले पूर्वीय दर्शन र वैदिक शिक्षाप्रति विश्वको चासो बढ्दै गएको र भविष्यमा सम्पूर्ण शिक्षाका लागि वैदिक शिक्षा नै सर्वस्वीकार्य हुने दाबी गरे ।

-हिन्दू स्वयंसेवक संघ नेपालका सहराष्ट्रिय प्रचारक रेवित कुमारले संस्कार र संस्कृतिको हस्तान्तरण नयाँ पुस्तामा हुनुपर्नेमा जोड दिए ।

-डा. सुन्दरमणि दीक्षितले संस्कार र विज्ञानलाई सँगसँगै लिएर अघि बढ्नु पर्ने विचार व्यक्त गरे ।

-खगराज बरालले अबका सन्ततिले आफ्नो संस्कार र संस्कृतिबारे कमै पढ्न पाउने गरेको हुदाँ समाजमा नैतिकताको अभाव हुन थालेकोमा चिन्ता व्यक्त गरे । आफ्नो धर्म, परम्परा, संस्कृति र देशप्रति गर्व गर्न नयाँ पिढीलाई सिकाउनु जरूरी रहेको उनले बताए ।

नेपाल शिक्षण परिषदद्वारा आयोजित राष्ट्रिय गुरुकुल सम्मेलन चैत्र २ र ३ गते अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको हो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: