महानगर किन अलमलमा !

सराङकोट न्यूज
26 July, 2018 8:17 am
Advertisements

डिजिटल होर्डिङ वोर्ड र सरसफाईको टेण्डर कहिले ?
केहि वडाध्यक्षहरुको आफ्नै चलखेल

पोखरा लेखनाथ महानगरपालिकाले जनप्रतिनिधि आएको १५ महिना गुजारी सक्दा पनि कतिपय महत्वपूर्ण कामहरु अझै पनि आफ्नो दायरामा ल्याउन सकेको छैन । आम्दानीको वलियो स्रोतको रुपमा रहेको होर्डिङ वोर्ड विज्ञापन कर ठेक्का रुद्ध गरि तथा डिजिटल वोर्ड राख्ने नितिगत निर्णय पहिलो नगर सभावाटै गरिएको थियो । हाल वार्षिक २४ लाख मात्र उठ्ने होर्डिङ वोर्ड ठेक्का लाई डिजिटलमा लैजांदा साढे दुई करोड वढी उठ्ने लक्ष प्रक्षेपण महानगरको नगर सभाले गरेको थियो ।
२०७५ साउन देखि डिजिटल वोर्ड मार्फत् विज्ञापन वोर्ड राखिने अपेक्षा गरिएपनि यो समाचार तयार पार्दा समेत कुनै सुर सार गरिएको छैन । सडकमा यत्र तत्र छरिएर रहेका होर्डिङ वोर्ड हटाउन दुई महिना अगि सकुर्लर गरेको महानगरले समयमै टेण्डर निकाल्न नसक्दा थप आशंका उव्जाएको छ । सामान्य तया नयाँ ठेक्का सम्झौता नयाँ आर्थिक वर्षवाट गरिने चलन रहेको छ यद्दपि पोखरा महानगरले पुराना वोर्ड हटाएको पनि छैन नयाँ डिजिटल वोर्डको टेण्डर आव्हान गरिएको पनि छैन । महानगरको यो ढिलासुस्ती वाट ामसिक १० औं लाख रुपैया गुमाइरहेको छ ।
ठेक्का निकाल्ने वेलामा पुराना होर्डिङ वोड अध्यावधि गर्ने सूचना सार्वजनिक गरेर विवादको आगोमा घ्यु थप्ने प्रयास गरेको छ । महानगरले के उद्देश्यले होर्डिङ वोर्डको अध्यावधिक विवरण मात्र गरिएको हो भन्ने वारेमा अन्यौल तुल्याएको छ । उक्त सूचनामा विज्ञापन वोर्ड सम्वन्धि विवरण अध्यावधिक नगर्नेको वोर्ड तत्काल हटाउने उल्लेख छ । यस सूचनाको व्यहोराले अझै पनि डिजिटल वोर्ड आउन सक्ने अवस्था देखिदैन महानगरकै एक कर्मचारील्े भने ।
यस्तै महानगरले फोहोर मैला व्यवस्थापनमा समेत चासो देखाएको छैन । वार्षिक करोडौं आम्दनी हुन सक्ने सरसफाई सुल्क चुहावट हुने गरेको छ । फोहोर मैला व्यवस्थापन पनि टेण्डर प्रकृयावाटै दिइने उल्लेख थियो तर कार्यान्वयन कहिले स्पष्ट छैन ।
यस विषयमा पोखरा महानगर पालिकाका प्रमुख प्रसाशकीय अधिकृत शेष नारायण पौडेल सार्वजनिक खरिद ऐन नियम अनुसार डिजिटल वोर्ड र सरसफाई ठेक्का प्रकृया अगाडि वढाउने वताउँछन् । ढिलाई भएको कारण वारे प्रमुख पौडेलले केहि खुलाृएनन् । उनले भने अव ढिला हुदैन सर्वेक्षणको काम सकिएपछि टेण्डरको काम सुरु हुन्छ पारदर्शी तथा कुनै संझौता हुदैन ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: