चुरुङ्गामा होमटेल निर्माण हुदै

सराङकोट न्यूज
10 January, 2019 4:20 am
Advertisements

के तपाईहरु केहि दिनको लागि सुन्दर शान्त ठाँउमा वासको खोजी गरिरहनुभएको छ ? त्यो पनि पोखराको नजिकै । अव ढुक्क हुुुनुुुहोस पोखराको उत्तरी सिरान चुरु·ामा गन्तव्य वन्दै छ । होेमटेल सेवा ।
फोटोम देखिएको मन्दिर जस्तो यो सानो घर होमटेल नमुना घर हो । कास्की जिल्लाकै सवै भन्दा सानो रुपमा दावि गरिएको यसको क्षेत्रफल १५ फिट लम्वाइ १२ फिट चौडाइको छ । यति सानो घर भित्र एउटा घरमा हुने र होटलमा पाइने सवै सुविधा उपलब्ध छ । एउटा वेड,सानो लो वेड किचेन, डाइनिङ टेवुल मात्र होइन एटेच ट्वाइलेट बाथ रुम समेतको सेवा यो सानो घर भित्र उपलब्ध छ।
त्यहाँ जानेहरुले आफ्नै स्वादको खाना आफै पकाएर खाने सुविधा छ । आफ्नै वारीका तरकारी र चामल मात्र बोकेर जानेहरुका लागि होस या त्यहि उपलब्ध ग्रोसरी वाट समान किनेर रोज्जा खाना वनाएर खान पाउने व्यवस्था सानो घर भित्रै उपलब्ध छ । एक दिन एक रातको हजार रुपैया तिरे पछि होमटेलको सेवा लिन पाइने सञ्चालकले वताए ।
यो सोच ल्याएका हुन पोखरा न्युूरोडका प्रेम अधिकारीले । पेशाले शिक्षक अधिकारीले पोखरा महानगरपालिका वार्ड १९ को चुरु·ामा १० रोपनी जग्गा खरिद गरेर सो जग्गामा होमटेल वनाएर छुुुट्टै परिचय स्थापित गराउने योजना अघि सारेको होमटेल सञ्चालक अधिकारी वताउँछन् एउटा होमटेल (सानो घर) वनाउन ३ लाख ५० हजार रुपैया लाग्ने उनले वताए । १५ वटा सानो घर वनाउने योजना राखेका उनले भने पर्यटन क्षेत्रमा सहकार्य गर्ने हरु संग सहकार्य गर्ने सोच राखेको वताए ।
माछापुच्छ्रे्र्र्र्र्र्र« हिमालको दृश्य पान गर्र्देै पुरुञ्चारै, चितेपानी, लाहाचोक, घाचोक, रिभान, धम्पुस, अस्ताम, सराङकोट सवैलाई नजिकवाट हेर्देै सुन्दर प्रकृतिक मनोरम स्थानमा सञ्चालित होमटेललाई सार्थक रुप दिन राज्यले पनि सहयोग पुुर्याउनुु जरुरी छ । लामाचौर माछापुच्छ्रे्र्र्र्र्र्र« पीच सडकवाट करिव एक कि.मि कच्ची सडकको स्तरोन्नती गर्न स्थानिय सरकारको ध्यान जान जरुरी छ । गण्डकी प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि ल्याएको निति होमटेलमा पनि पुुुुग्न सके पर्यटन प्रर्वदनमा पोखरा नजिकै रहेको चुरु·ा होमटेलले राज्यको पर्यटन विकासमा टेवा दिने अपेक्षा गरिएको छ।
थोरैै वजेटमा घर र होटलको सुविधा लिन युगल जोडीको उत्कृष्ठ गन्तव्य वन्ने प्रचुर सम्भावना वोकेको चुरु·ा होमटेल पिकनिक स्पटको रुपमा पनि प्रयोग हुदै आएको छ । कार्याक्रम गर्न सभाहलको समेत प्रवन्ध भएका कारण पनि चुरु·ा होमटेल पोखरेली हरुको उत्कृष्ठ छनोट हुन सक्ने अपेक्षा लिइएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: