नेपाल र भारतबीच मित्रवत सम्वन्धको पक्षमा चीन

सराङकोट न्यूज
29 March, 2018 1:32 pm
Advertisements

१५ चैत, काठमाडौं । चीनले आफू भारत र नेपालबीचको मित्रवत सम्वन्धको पक्षमा रहेको जनाउँदै नयाँ दिल्ली, काठमाडौं र बेइजिङबीच साझा विकासका लागि सहकार्य हुनुपर्नेमा जोड दिएको छ ।

साथै स्वतन्त्र विदेश नीति अख्तियार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको प्रशंसा गरेको छ ।

‘स्वतन्त्र विदेश नीतितर्फको नेपाल सरकारको प्रतिवद्धतालाई हामी सह्राहना गर्छौं । नेपालले आफ्ना छिमेकीहरुसँग मित्रवत र सकारात्मक सम्बन्ध कायम राखोस भन्ने चाहन्छौं,’ विदेश मन्त्रालयका प्रवक्ता लु काङले भने, ‘चीन नेपाल र भारत एकअर्काका लागि महत्वपूर्ण छिमेकी हुन् । आशा छ कि हामीले एक अर्कासँग सहकार्यमार्फत साझा विकास हासिल गर्न सक्छौैं ।’

प्रधानमन्त्री ओलीले मंगलबार विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग कुरा गर्दै नेपालले स्वतन्त्र विदेश नीति अख्तियार गर्ने र छिमेकीहरुसँग सन्तुलित सम्बन्ध कायम राख्ने बताएका थिए ।

नेपालले चीनको वान बेल्ट वान रोड परियोजनालाई समर्थन गरेको छ, जसलाई भारतले भने विरोध गर्दै आएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: