आमाको उपचार गर्न आएकी युवती नक्कली डाक्टरबाट बलात्कृत

सराङकोट न्यूज
29 March, 2018 11:40 am
Advertisements

१५ चैत, काठमाडौं । काठमाडौं गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी २३ वर्षीय युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् ।

अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको हो ।

ती महिलालाई अर्जुनले आफ्नो नाम सन्तोष घले बताएर अस्पतालका डाक्टरहरुसँग राम्रो चिनजान भएको र आमाको उपचारमा सहयोग गर्छु भनेर झुक्काएर जबरजस्तीकरणी गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा जाहेरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितले दिएको जाहेरीमा उल्लेख भए अनुसार अर्जुनले महिलालाई सामाखुशीस्थित आफ्नो सानी आमासँग भेटघाट गर्न भनेर मित्रनगरस्थित फूलबारी गेष्ट हाउसमा लगेर बलात्कार गरेका हुन् ।

उनी यसअघि नेपाली सेनाको जवान रहेको खुलेको छ । त्यहाँ पनि उनी जबरजस्तीकरणी मुद्दामा परेर बर्खास्त भएका थिए

उनी यसअघि नेपाली सेनाको जवान रहेको खुलेको छ । त्यहाँ पनि उनी जबरजस्तीकरणी मुद्दामा परेर बर्खास्त भएका थिए ।

काेइरालाले बयानका क्रममा अाफूले जबरजस्तीकरणी स्वीकार गरेको प्रहरीको भनाइ छ । उनलार्इ बिहीबार जिल्ला अदालतबाट ५ दिनलार्इ म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले बताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: