Prabhu Bank Ad

मैले जाने बुझेका धीर वहादुर गुरुङ

सराङकोट न्यूज
15 May, 2018 10:52 am

प. तारानाथ शर्मा

जन्मभूमीको पृष्ठभूमि
हालको अन्नपूर्ण गाउँपालिका वडा नं.७ अन्तरगत तानचोककोट गाउँसँग सम्बन्धीत माझगाउँ र पालेखेत समष्टिमा ३ घर भन्दा अत्युक्ति हुदैन। उत्तर पश्चिम फर्केको भिरालो गाउँ। गाउँको दक्षिण पूर्व र पश्चिम समेत जंगलले घेरिएको प्रायः धानखेत कम, पाखावाली र पशुपालनका दृष्टिले महत्वपूर्ण ठाउँ सुरम्यं छ।
सतुवा लगायत जडिबुटी र चाप मुसुरे कटुज उतिस, सिलिङ्की, ओखर, लाली गुराँस, वाध फलाट आदि अनगिन्ती काठजन्य, घाँस जन्य, पदार्थहरु प्रशस्त पाइन्छ। हिजो पशुपालनका लागि अति सुगम भएकोले यहाँ गुरुङ पूर्वजहरुले वसोवास गर्न उत्तम ठानेर वसेको हुनुपर्छ।
ठूला खर्क, पस्र्यौले, तानचोक, कोट, पोथाना, भाचोक, राचन, घुम्नु दह, आदि जंगलका ठाउँठाउँमा खर्कहरु थिए जहाँ समय समयमा गोठ लगिन्थ्यो भैसिं गर्मि लागे पछि पातलमा छोडिन्थ्यो। गाइ गोरु र दुहुने भैसिं मात्र गोठमा वा गाउँ वाध्ने र फुकाउने गरिन्थ्यो। जंगलमा छोडेका भैसिलाई गोठाला हरुले समय समयमा नुन खुवाउने गर्दछे।
जंगलहरुमा वाघ, भालु, दुम्सी, व्यासो, खरायो, मृग, घारल, घोरल आदि जनावर हुन्थे कालिज, लुइचे, च्याखुरा, मालुवा, लाटो कोसेरा, लाम पुच्छ«े, ढिकुर डाँफे, मुनाल, काठफोर, आदि अनगिन्ती चराचुरुड्डी पाइन्थ्यो।
यस गाउँमा नागे पञ्चमीमा नागपूजा सवैले गर्दछन्, झाँक्री ऐरी सिकारी गोठदेवता आदिको पनि पुजा हुन्थ्यो। यहाँ कान्छी वराहको थान थियो। हाल आएर प्रकृत पोखरीको डिलमा मठ मन्दिर वनाइएको छ। यो ठाउँले हेर्न जानेको मन लोभ्याउँछ। कोटमा पनि वार्षिक पूजा चलेकै छ। घुम्नु दह मात्र ओझेलमा परेको छ।
मैले चानचोक कोट गाउँको नाउसुनेको थिए र केहि टाठा वाठाको नाउँपनि सुनेको थिएँ। सुनेका नाउँहरु मध्ये जुमप्रसाद गुरुड्ड, देव वहादुर गुरुङ, उदीम गुरुङ, लालध्वज सुवेदार आदि। ०२२ सालमा हिउँदको दिनमा तानचोकको लगौटी र भांग्रा लगाएका काला अनुहारका मान्छे आए मैले काटेको घाँस समेत र भारी वाँधेर वसे मेरा नाम्लो उनिले भारीमै राखे मँ रुखमा डराएर वसिरहे तल झर्ने आँट आएको थिएन अर्काको जंगलमा घाँस काट्नु चोरी सरह थियो। मैलै डराउनै पथ्र्यौ, डराएकै थिएँ। ति मान्छेले तल झर्छन् की नाम्लो लिएर जाउँ भने। मैले रुखवाटै अनुनय विनय गरे पिट्ने पो हुन् की भन्ने मनमा थियो, उनले ओर्ली भन्दै थिए मनमनै विचार गरे कुटे भने रुनुपर्ला पाका उमेरका मान्छेले रोए पछि पक्कै कुट्ने छैनन् म भुइमा झरे मँ झण्डै कामेको थिए, उनले सोधे तेरो कहाँ हो घर मैले भने पाउदुर भकारी डाँडा कस्को छोरा, वालारामको छोरा भने कति पढेको छस् मैले भने संस्कृत लघुकौमूदी पढ्दैछु, उनले भने चिठ्ठी लेख्न सक्छस् ? सक्छु भने पछि भोली कागज कलम लिएर यहि आइज आज घाँस लिएर जा भने मैले भोली पल्ट उनले भने झैं त्यहि गए उनले छोराहरुलाई लेख्न लगाए तेरो खाम उनिसँग रहेछ, त्यो चिठीहरु हुलाकी मार्फत पठाउन अराए मैले हुलाकवाट चिठ्ठी पठाइदिए। गाउँ पंचायतमा सचिव वस मं प्रधान पंच हुँ, हुलाकीले रजिष्टर गरेको रसिद लिएर पहिलोपटक तानचोककोट गाउँ गए र रसिद दिए र सचिवको दर्खास्त दिएर आए अन्तरवार्तामा जाँदा माझगाउँ गएँर मलाई पाँच जना मध्ये १ नम्वरमा पारिएछ सफल भएँ। काम सुरु भयो प्रधान पंच देव वहादुर गुरुङ कै घरमा वसें, उनकै धन्सारमा कार्यालय थियो काम गर्दै गएँ।

धीर वहादुरको घरमाथि तुलवीरको घरनेर गाउँका वुढापाका वसेर गाउँ गर्ने सभा कचहरि पनि हुने गर्दो रहेछ, धीरवहादुरका वुवा जुम्प्रसाद लाई मैले देखिन, अन्य गफ, भन्द्रास गुरुङ, मनिलाल, भाविर रनवहादुर, वलवहादुर (चितवन आउने जाने गर्थे) राजमन सुलाल ध्वज, इमान, प्रेमसिं, उदिम वहादुर, गोरे, राइटर्नी वज्यै क. पूर्ण वहादुर गुरुङ, टेक वहादुर, ह. नारायण दिलवहादुर र हिरासीं रावल्धुँ जुमान्सी, ल. सहावीर, वद्री, ल. धनवहादुर सेते दमै आदि ३ थरका पानिसहरु सँग चिना जानी भैसकेको थियो।
एकदिन त्यहि चौतारीमा मँ वसेको थिएँ, एउटा अधवैंशे ठिटो काम्रोधुं ओडेको मोटो कछाड लगाएको चम्किलो अनुहार भाग्रा र इष्टकोट लगाएको खाइलाग्दो जिउडाल भएको मान्छे त्यही आउदै थिएँ जुम प्रसादको छोरा धीरवहादुर गुरुङ मनि वलवहादुर गुरुङले चिनाएपछि हामी दुवैका विचमा परस्पर चिनाजानी भयो। उनि छाडीको गाइगोठवाट आएका रहेछन्, धीरवहादुर साहुको छोरा मात्र नभएर जिमु पनि भएको हुँदा उनि सँग सोझै वोल्न मानिस हरु दकस मान्दारहेछन्। त्यस दिन देखि पटक भेट हुँदा आइकेछ ? भन्ने गर्दथे। उनले वावुकै पालादेखि असमि उठाउने, गोठ, खेतीको व्यवस्थपनमा र रैतिहरुसँगको सम्बन्ध राम्रो गरेका थिए भन्ने कुरा कति रैति र असामीहरुको कुराकानीवाट झल्कन्थ्यो।
९ महिना पछि तानचोक गाउँको प्रधान पंच खगेश्वर भए। कार्यालय चन्द्रकोट सार्ने कुरा भयो, मैले देव वहादुर पूर्व प्रधान पंच सँग सो कुरा वताए उनले धीरवहादुर कान्छाको राय पनि वुझ है उसको राय केछ ,मैले धीरवहादुर दाइ सँग सोधे राय के छ भने तिमि सचिव हो, सवैले जे निर्णय गर्छ गर्न दे मेरो कुनै समर्थन विरोध केहि छैन भने पछि, चन्द्रकोटमा कार्यालय सारिएको थियो , खगेश्वर देवकोटा पछि धीरवहादुर दाजु प्रधान पंच हुनु भयो कोट गाउँ जाँदा धीरवहादुर दाजु र रेववहादुर गुरुङकै घरमा मेरा आवत जावत वढिरह्यो।
वैठकका सवैलाई आफ्ना कुरा राख्न लगाएर अन्तिममा आफ्नो राय दिने उहाँ प्रजातान्त्रिक शैली अवलम्वन गर्न प्रयत्न गर्ने प्रधान पंचहरु मध्येको एक हो। राज संस्था र प्रजातन्त्र प्रति निष्ठा वान व्यक्तित्वका धनि धीरवहादुर गुरुङ कांग्रेस समर्थन गरुन् भन्ने चाहे १÷२ पटक प्रसंग चलाउँद मँ वाम पन्थी वन्न एकदिन कांग्रेस नहुँदै म प्रजातन्त्र वादि वन्न नसकिने मैले देखेको छैन भन्ने जवाफ दिएको मेरो कानमा गुञ्जिरहन्छ।
आफूलाई लागेको कुरा संकोच नमानि भन्ने क्षमता राम्रो थियो। २०२४ सालको असोज महिनामा कान्छा दाइले मँ सँग भन्नु भयो भाइ मलाई गाउँको मान्छेहरुले एसएसपी पासगरे को सचिव राख्न पर्छ भन्ने गर्छन मैले निस्की कसरी भनुँ भने पछि त्यहि महिनामा पूर्व मध्यमा परिक्षा दिन फाराम लगाउन पठाए, फाराम भरि दिएको थाहा पाए मैले दाजुसँग भने फागुनको अन्तिम हप्तातिर म परीक्षा दिन जादैछ अव दाजु ले एक जना सचिवको वन्दो वस्त गर्नुहोस् १०÷१५ दिन सिकाएर म विदा हुनेछु भने उहँले तिमिले त्यस्तो को ही देखेका छौ भन्नु भयो। मैले भने अक्षर सारै राम्रा छन्, क्षेत्र वहादुर लाई राख्दा काम चल्छ भोली सरकारले जस्तो वन्दोवस्तालाई त्यसैलाई स्वीकार गर्दा फरक पर्दैन भने पछि हुन्छ क्षेत्रलाई सिकाइ देउं।
तिमिलाई दिए जति तलव त दिनै पर्ला भने पछि, क्षेत्रलाई चिठ्ठी पत्र पठाउने माइच्चुट लेख्ने कुरा सिकाएर फागुनमा मेरा पिताजी र देव वहादुर गुरुङको आर्शिवाद लिएर वनारस तिर लागे मैले शास्त्री प्रथम खण्ड परिक्षा दिएर ४÷५ वर्ष फर्केर आउँदा धीर दाजु प्रधान पंच लामो समय काम गरेर जिल्ला पंचायत सदस्य हुनु भयो। उहाँ सँग पनि १ पटक केहि रुपया ऋण लिएको थिए। केहि समय पछि दाजु ढिलै भए पनि सामान लिनुस् भनेर रंक थमाए मैले तिमीसँग व्याज चाहिन्छ भने कै छैन भन्नुभयो। हाम्रो भेटघाट चलिरह्यो। चन्द्रकोट हाइस्कुल संचालन गर्न उहाँले अथक प्रयत्न गर्नुभयो। कादुरीसँगको सम्वन्धले पाउदुरको पैरे खोला लगायत धेरै गाउँका खोलाहरुमा झोलुड्डे पुल हटाउनु भयो ढाके पश्रवीम चन्द्रकोट फुट पाथ चाक्लो वनाउनु चन्द्रकोट वाट तानचोक जाने वाटो चाक्लो वनाउनु जस्ता कामहरु गर्नु भएकै हो।
चन्द्रकोट को विद्यालय भवन निर्माण र संचालनार्थ आर्थिक कठिनाइको सामना गर्न लुम्लेका मुकुन्दहरि देवकाटो सँग उहाँको राम्रो थियो ठूलाखर्क लुम्लेली हरुले दर्ता गर्ने पोथना खर्क तानचोक वेरुदले दर्ता गर्ने र हाइस्कुल संचालन गर्ने भन्ने अर्थमा ०३५ सालको नापीमा केहि जग्गा दर्ता गरि स्कुल मा लगाएर काम गर्ने क्रममा केहि दाजुभाइमा मन पाका पाक भएर कुरा वाहिर गयो समाधानार्थ पोथनासन्धी कागजातको फोटो कपिहरु मलाई दिनु भयो। मैले ध्ययन गरे र सवै कुरा दाजु भाइहरु सँग राख्दै गएँ, धेरै जसोले ठिकै रहेछ भन्नु भयो केही ले त्यो कुरा सुनेको नसुने झै गरि स्वीकार गर्नुभएन उहाँ विमारी र वृद्धा अवस्थाले ग्रस्त हुदै जानुभयो। सवै कुराहरु विस्तारिदै गए। मलाई थाहा छ काम गर्ने मान्छेले जस अवजस दुवै खान पर्छ नौलो कुरा भएन। समग्रमा दैविनियति वाहेर अन्य काम कुराहरुमा धीरवहादुर दाजु आफ्नो जमानामा सवै सँग मिलनसार निष्ठावान समाज सेवी हुन भन्न हिच्किचाउन पर्दैन, सुख दुखमा एक समान सदावहार जिन्दगी जिउने प्रेरणाका पुञ्ज, आज हामी सामु छैनन् तर उनले गरेका कामहरुले उनि असल मान्छे थिए भने साक्षी दिइरहनेछन्, शोक सन्तव्त परिवारजनले धैर्य धारण गरि वावुले गरेका असलकामको वियो थामुन् कान्छी वराह सँग अमर आत्माले सुख वति घाम प्राप्त गरोस् भन्ने प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।

प्रतिक्रिया दिनुहोस्: