टुडे पानीमा अखाद्य वस्तु भेटियो

सराङकोट न्यूज
13 June, 2018 3:09 am
Advertisements

पोखरा–२५, याम्दीमा उत्पादित टुडे व्राण्डको वोतल पानीमा अखाद्य वस्तु फेला परेको छ । पोखरा १६ चमेरीगुफा स्थित अल इन वान अर्गानिक रेष्टुरेन्टमा विक्रीका लागि राखिएको पानीको वोतल भित्र लेउ देखिएपछि रेष्टुरेण्ट संचालकले त्यसको जानकारी दिएका थिए ।
प्रसोधित भन्दै प्रति लिटर २५ रुपैयामा विक्री गर्ने पानीमा अखाद्य वस्तु फेला परेपछि उक्त उद्योगको चरम लापरवाही रहेको पुष्टि भएको छ । पानीमा लेर्दा भेटिएपछि खोलाको पानी सिधै वोतलमा भरेर विक्री गरेर जनस्वास्थ्यमा गंभिर खेलवाड गर्ने विरुद्ध कारवाही गर्नु पर्ने उपभोक्ता अधिकारवादीले खवरदारी गरेका हुन् । वजार संरक्षण अधिकृत तथा कास्कीका सहायक प्र.जि.अ गंगा वहादुर क्षेत्रीले अखाद्य वस्तु उत्पादन गरि विक्रीका लागि पठाउने कम्पनीहरुलाई कारवाही गरिने वताएकाछन् ।
यस अघि पनि टुडे ब्राण्डका जार तथा वोतलहरुमा विभिन्न प्रकारका अखाद्य वस्तुहरु फेला पर्ने गरेका थिए । तर पनि प्रशासनिक अनुगमन फितलो रहेको फाइदा उठाएर उपभोक्ता अधिकार माथि धावा वोल्दै आएका थिए । अव यस पटक कस्तो कारवाही हुन्छ त्यो भने हेर्न वाँकी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: