क्षेत्रीय अस्पतालको ल्यावमा गम्भीर त्रृटि

सराङकोट न्यूज
4 September, 2018 3:25 am
Advertisements

सामान्य बालकलाई जण्डिसको रोगी बनाउने प्रयास

पोखरा १३ काहुखोलाका विश्व सुवेदीले आफ्नो भाञ्जा अमृत पौडेललाई जचाउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याए । चिकित्सकले रगत परिक्षण गर्न लेखिदिए । उनको रगत परिक्षण गर्दा विलिरुविन मात्र वढेर ५.४ पुगेको रिपोट दिइयो । विलिरुविन हाई हुनुको अर्थ जण्डिस अर्थात् हेपाटाइटिस वि संक्रमण हुनु हो। आफ्नो भाञ्जामा जण्डिस सम्बन्धि कुनै लक्षण नदेखिए पछि उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याव रिपोर्ट प्रति शंका व्यक्त गर्दै न्यूरोड स्थित पद्म नर्सि· होमको क्लिनीकल प्याथालोजी ल्यावमा रगत परिक्षण गराए । त्यहाँ विलिरुविनको मात्रा ०.९ मात्रा देखियो ।
एकै दिन अर्थात् भाद्र १५ गते गरिएको रगत परीक्षणमा आकास पाताल झै फरक रिपोर्ट आएपछि वालक अमृत पौडेलका आफन्त झन् दुविधामा परे । जण्डिसको दवाई चलाउने कि यतिकै वस्ने भन्ने विषयमा अन्यौलमा परेपछि निस्कर्षमा पुग्न पुन न्यूरोड सभागृह चोकको यु.आर.एल. मा रगत परीक्षण गराएका थिए। यू.आर.एल.को रिपोर्टमा विलिरिवुनको मात्रा जम्मा ०.५६ मात्र आएको वालकका मामा विश्व सुवेदीले वताए । दुई वटा निजि स्तरका ल्यावको रिपोर्ट नर्मल आएपछि आफूले सरकारी अस्पतालको रिपोर्ट गलत आएको ठम्याएर आफू घर गएको विश्व सुवेदीले वताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको वायोकेमिस्ट्री युनिटले दिएको रिपोर्ट प्रति वालकका आफन्त मात्र हैन जानकारहरुले सवै रुष्टता व्यक्त गरेका छन् । सरकारी हस्पिटल प्रति विश्वास लागेर भाञ्जालाई जचाँउन ल्याएका विश्व सुवेदी अव देवी गण्डकी अस्पतालमा कहिल्यै ल्याव टेष्ट गर्दिन भन्दै विच्किएको अभिव्यक्ति दिए । सरकारी अस्पतालको रिपोर्टको आधारमा उपचार गरेको भए सद्दे मान्छेलाई भर्ना गरेर कडा एन्ण्टिवायोटिक दिएर झन् विरामी पार्ने रहेछ उनले भने ।
विलिरुविन सामान्य भएको मान्छेलाई गलत रिपोर्ट वनाउने ल्यावका कर्मचारीलाई कडा कारवाही गर्न जरुरी रहेको र मानव स्वास्थ्यमा गरिने लापरवाहिपूर्ण प्राक्टिस् गर्ने कर्मचारीको पहिचान हुनु आवश्यक रहेको हस्पिटलकै कर्मचारीहरु आग्रह गर्छन् । यस्ता लापरवाही गर्ने केहि कर्मचारीकै कारण संस्थाको वेइज्जती भएको कर्मचारी वृतमै चर्चा चलेको छ ।
वरिष्ठ चिकित्सक डा. पदम खड्का ल्वाव परिक्षक सचेत, जिम्मेवार र इमान्दार हुनुपर्ने वताउँछन् । उपचारका लागि रोग पहिचान गर्ने वलियो र टेक्निकल सपोर्टको रुपमा रहेको वायोकेमिष्ट्री ल्यावव परिक्षणको नतिजा एक्च्यूअल आउन सकेन भने त्यसले मानविय क्षति समेत हुन सक्ने डा. खड्का वताउँछन् । मेसिनको केहि दोष रहन्न दोष टेक्निसियनकै हो उसको लापरवाही र खेलाचीपनाले ल्यावको स्याम्पल साटिने वा हेर्दै नहेरी रिपोर्ट वनाउँदा पनि गलत रिपोर्ट वन्न सक्ने डा. खड्काको तर्क छ ।
पश्चिमाञ्चल अस्पतालले दिएको बालक अमृत पौडेलको रिपोर्ट कार्डमा ल्याव परिक्षण गर्ने परिक्षकको कुन तहको भन्ने समते उल्लेख छैन जवकी निजि स्तरका ल्यावमा जाँचकीको नाम पद नम्वर उल्लेख छ । यस वारेमा थप वुझ्न खोज्दा हड्तालका कारण ल्याव वन्द भेटियो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: