गोर्खामा गुण्डागर्दी मौलाउँदै, प्रहरी प्रमुख भन्छन्–“थाहा छैन ।”

सराङकोट न्यूज
5 October, 2018 4:11 am
Advertisements

यदुनाथ बञ्जारा

न्यायको राजधानी मानिने गोरखामा गुण्डागर्दी मौलाउँदै गएको गुनासो आउन थालेको छ। पोखरामा प्रहरीले गुण्डाराज लिमिट्यान्न पार्न विभिन्न कार्यक्रम ल्याएपछि गोर्खामा भने गुण्डाराज मौलाउन थालेको छ ।
पछिल्लो समयमा गोर्खा वजार भित्र गरिने विकास निर्माण कार्य औषधी खरिदका पट्टामा गुण्डागर्दी हावी हुने गरेका कारण वाहिरी जिल्लावाट टेण्डर हाल्न जान सक्ने अवस्था नरहेको गोरखा वाट फर्केका व्यवसायीहरुले वताएका छन् ।
असोजको पहिलो साता गोरखा जिल्ला अस्पतालले निकालेको आमा सुरक्षा कार्यक्रमको निःशुल्क औषधी लगायतका ३ प्रकारका टेण्डर हाल्न पोखरा र नारायढगढवाट आएका व्यवसायीहरु दिन दहाडै गुण्डावाट हतोत्साही वनाएपछि ज्यान जोगाएर गन्तव्यमा पुगेको वताएकाछन् ।
औषधीको टेण्डर खरिदका लागि गएका व्यवसायीहरुलाई टेण्डर किन्ने मौका दिने तर वुझाउन नदिएको पिडितले वताएका छन् । ३ हजार रुपैया तिरेर फर्म किनेपछि स्थानिय गुण्डाहरुले उनिहरुका फर्म र फर्म किनेको विल समेत च्यातेर व्यवसायीलाई धम्क्याएर गोरखा छोड्न दवाव दिएका थिए । दवावमा परेका व्यवसायीहरुले प्रहरीलाई समेत जानकारी गराएनन् । आफूले सुरक्षा महसुस नगरेका कारण प्रहरीलाई जानकारी नगराएको उनिहरुले वताए । सुरक्षाका कारण ति व्यवसायीले आफ्ना नाम समेत गोप्य राखेका छन् ।
यस्तै पोखरा नगरपालिकाले खोलेको औषधी टेण्डर पनि गुण्डाहरुल्े खोसेको वताइएको छ । यि दुवै सरकारी कार्यालयमा कर्मचारीकै अगाडि टेण्डर हाल्न आएका व्यवसायीको टेण्डर फारम र राजस्व तिरेको रसिद समेत लुटिएका छन् तर ति कर्मचारीहरुले समेत सुरक्षालाई कुनै जानकारी नगराउनुलाई प्रहरी कर्मचारी र गुण्डाहरुको मनोमानी र मिलेमतो हुन सक्ने आशंका उव्जिएको छ राज्यका निकायले स्वतन्त्र ढंगवाट छानविन गर्ने हो भने सत्य तथ्य कुरा वाहिर आउने विश्वास लिइएको छ ।
यता सुरक्षाको जिम्मा लिएका गोरखाका एस.पि. विमल वस्नेत गोरखामा गुण्डागर्दी भएको आफूलाई कुनै जानकारी नआएको वताउँछन् । टेण्डरमा गुण्डागर्दी भएमा पिडितले प्रहरीलाई जानकारी गराउनु पर्छ भन्दै एस.पि. पन्छिए ।
न्याय नपाए गोरखा जानु भन्ने इतिहास वोकेको गोरखाका पछिल्ला दिनहरु ठिक उल्टो वन्न पुगेको छ । सुरक्षा प्रमुखहरु उल्टै नाजवाफ मात्र हैनन् जवाफदेहिता पनि पाइएन । टेण्डर हुने स्थल र कार्यालयहरुमा सादा पोासाकमा निगरानी गर्नु पर्नेमा उल्टै गुण्डाको मनोवल वढ्ने गरी भएका कार्यशैली वाट आम नागरिकले के अपेक्षा राख्ने ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: