भिमादको घटनामा सुनियोजित षडयन्त्र, पीडित घाइते माथि नै किन खनियो प्रहरी ?

सराङकोट न्यूज
14 November, 2018 4:54 am
Advertisements

भिमाद वजारका व्यापारी गणेश सुवेदी आफ्नै वजारमा निर्घात कुटिए । स्थानिय सुरज नेपालीको नेतृत्वमा आएको टोलीले षडयन्त्रमुलक ढंगले सुवेदी माथि आक्रमण गरिएको कास्की सेवा अस्पतालमा उपचार गराइरहेका सुवेदीले वताए ।
नेविसंघ जिल्ला सदस्य समेत रहेका गणेश सुवेदी र ने.क.पा. समर्पित कार्यकर्ता सुरज नेपाली वीच सिर्जित विवादले चर्को रुप लिएको छ । घाइते गणेश सुवेदी फिस्टेल अस्पताल पोखरामा उपचार गरी टाउकोको थप उपचारको लागि काठमाडौं जान खोज्दा उनलाई प्रहरीले काठमाडौं जान नदिएको सुवेदीका आफन्तले वताए । काठमाडौं जान प्रहरीले रोकेपछि उनि कास्की सेवा अस्पतालमा उपचाररत छन् । उनको टाउकोमा ११ वटा टांका लगाइएको छ । तिघ्रामा ढाडमा निल डाम छन्।

घटना विवरण
तनहुँको भिमाद नगरपालिका वार्ड नं. १ क्याम्पस रोडमा गणेश सुवेदीको गुनी एण्ड सन्समा काम गर्ने मिस्त्री छोटु यादवलाई कुटपिट भयो । यादवलाई कुटेर गणेश सुवेदीलाई वोलाइयो, सुवेदी आफ्नै निवासवाट गाडी लिएर क्याम्पस रोड गए घटना स्थल जहाँ छोटु यादवलाई कुटिएको थियो त्यहाँ पुगेर गाडीबाट झर्ने वित्तिकै सुरज नेपाली, ऋषि नेपाली समेतले गणेश माथि आक्रमण गरियो । टाउकोमा घारिलो हतियार प्रहार भयो जिउ भरी घाउ चोट निल काम हुने गरी निर्घात कुटिदा पनि प्रहरीहरु मुक दर्शक झै उभिएका थिए । घाइते सुवेदीले वचाउ भन्दै गुहार माग्दा प्रहरी रमिते वनेर वसेको थियो । घाइते सुवेदीलाई राम्रो अस्पतालमा लैजानु पर्नेमा मालेवगर मेडिकलमा लगियो । पछि वेल चौतारा इप्रकाबाट थप प्रहरी गएपछि सुरज नेपाली सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र ऋषि नेपाली र गणेश सुवेदीलाई उपचारको लागि पोखरा पठाइयो ।
घटना नियोजित ढंगले सेटिङ मिलाएर घटाइएको आशंका छ । सुरज नेपाली भिमाद नगरपालिका मेयर मेख वहादुर थापाका विश्वास पात्र हुन । पार्टीले आर्शिवाद दिएपछि सुरज नेपाली यस अघि पनि गुण्डागर्दी कार्यमा संलग्न रहेर वदनाम कमाएका व्यक्ति हुन् । उनले यस अघि पनि गुण्डागर्दी गर्दै कुटफिट गर्दा मोटो रकम जरिवाना क्षतिपूर्ति तिरेर मुद्दा खेप्दै आएका व्यक्ति हुन् । भिमादमा चुंगी कर उठाउने ठेक्का पाएका नेपालीले भिमाद प्रहरी चौकी इञ्चार्ज सई पूणं बहादुर नेपाली सँग साँठ गाँठ गरी प्रहरीकै वलमा गणेश सुवेदी माथि आक्रमण गरेको वताइएको छ । प्रहरीकै अगाडि साघातिक घटना घट्दा पनि सई नेपालीको टोली मुक दर्शक वन्नुले प्रहरी र गुण्डाको सेटिङ मिलेको सहजै वुझ्न सकिन्छ । प्रहरीकै कमजोरीका कारण घटना घटेको तनहुँ प्रहरीले ठम्याएको छ । सोमवारै सइ कमल माझाकोटीलाई भिमाद खटाइएको छ ।

के भन्छन् प्रहरी ?
घटना तनहुँ जिल्लामा घट्यो । उपचार कास्की जिल्ला भइरहेछ । इ.प्र.का. वेलचौताराका इञ्चार्ज प्र.नि. श्रवण वि.क. का अनुसार गणेश सुवेदी कास्की सेवा अस्पतालमा छन् भने ऋषि नेपाली मणिपालमा इ.प्र.का वुझाउन भनेको छ । त्यहि कारण गणेश सुवेदी विस्तृत उपचारको लागि काठमाडौं जान पाएनन् । उनलाई टाउको एम.आर.आइ लगायतको जाँच गराउने आवश्यकता महसुस गरेका छन् तर कास्की प्हरीले उनलाई रोकेको छ । यस विषयमा कास्की प्रहरी प्रवक्ता रविन्द्र गुरुङ घाइते सुवेदीको विरुद्धमा तनहुँमा उजुरी परेका कारण तनहुँ प्रहरीले खोजी गरेको बताउँछन् । तर घटना घटेकै जिल्ला तनहुँका एस.पि. शिद्धि विक्रम शाह घाइते गणेश सुवेदीको नाममा कुनै उजुरी, जाहेरी नपरेको वताउँछन् । एसपि शाह भन्छन् सुवेदी उपचारको लागि जाहाँ पनि जान सक्छन् प्रहरी रोक्दैन । झुट्टा मुद्दा फिर्ता हुनुपर्ने माग राखी भएको भिमादको ¥याली र घेराउको वारे हाम्रो जिज्ञाशामा एस.पि. शाहले भने मुद्दै परेको छैन के को फिर्ता लिनु ।
उनी अहिले प्रहरी निगरानीमा उपचार गर्दै रहेका छन् तर कास्की प्रहरीले उनलाई गंभिर प्रकृतिको अपराधी जस्तै कडा नियन्त्रणमा राखेर यातना दिएको घाइतेले वताएका छन् । आफैले कुटाई खाएको छु, आफ्नै टाउकोको घाइते भएर सुतेको मान्छेलाई ड्यूटीमा रहेका प्रहरीले कडा पहरा दिएको पीडित गणेश सुवेदीले गुनासो गरे ।
तनहुँ प्रहरी प्रमुख एस.पि. शाह र इप्रका वेल चौताराका इञ्चार्ज श्रावण वि.क.ले दिएको अभिव्यक्ति परस्पर विरोधी छन् । वेलचौतारा प्रहरी प्रमुख प्र.नि. श्रावण विश्वकर्मा घटनालाई थप विवादित वनाउन तिर लागेका छन् । विभिन्न शक्तिकेन्द्रको दवाव र प्रभावमा पीडितलाई थप पिडा दिन लागि परेका छन् भने पपिडक पक्षलाई संरक्षण गर्न उद्दत छन् । उपचार गर्नु पर्ने संवेदनशिल विरामीलाई प्रहरीको वर्दी देखाएर यातना दिन तल्लिन छन् । हस्पिटलमा उपचार गरिरहेका व्यक्तिलाई उजुरी नै दर्ता नगरेको व्यक्तिलाई उजुरी नै दर्ता नगरेको व्यक्तिलाई हत्कडी लगाएर वेडमा सुताउन आदेश दिइरहेको वुझिन आएको छ ।
प्रहरीले घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई दण्ड निर्दोषलाई राहत दिनुपर्ने हो तर ठिक उल्टो गतिविधि गर्ने हो भने कसरी चल्छ विधिको साशन नागरिकलाई चिढाएर, दुख दिएर दवाव र प्रभावमा काम गर्ने हो भने नागरिकले शान्ति सुरक्षाको लागि कहाँ जाने ? सत्य, सेवा र सुरक्षाको मुलमन्त्र कहिले महसुस गर्ने ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: