प्रिन्टिङ प्याक इण्डियामा कास्कीबाट २७ जना मुद्रण व्यवसायी सहभागी हुने

पदम श्रेष्ठ
29 January, 2019 11:54 am
Advertisements

अन्तराष्ट्रिय स्तरको १४ औं प्रिन्टिङ प्याक इण्डियामा कास्कीबाट २७ जना मुद्रण व्यवसायी सहभागी हुनेभएका छन्।
इण्डिया एक्स्पो सेन्टर नोइडाको आयोजनामा भएको उक्त कार्यक्रम एनसिआर डिल्लीमा हुनेछ। फ्रेबुअरी २ बाट ६ तारिक सम्म हुने उक्त एक्स्पोमा छपाई सम्बन्धि नयाँ नयाँ प्रविधिका आधुनिक मेशिनहरु राखिने छन्।
मुद्रण व्यवसायी संघ कास्कीको प्राविधिक सहयोगबाट उक्त कार्यक्रममा सहभागीहुनको लागि ईच्छुक मुद्रण व्यवसायीहरुलाई जानकारी गराइएको थियो।
उक्त कार्यक्रममा सहभागी किन र केका लागि भन्ने विषयमा प्रस्ट पार्दै कार्यक्रमका संयोजक चिन्तामणी बास्तोलाले प्रविधिको विकास र विस्तार आजको आवश्यकता भएको र नयाँ नयाँ मेशिनरी सामाग्रीबाट नेपालमा पनि छिटो छरितो, स्तरीय छपाईको आवश्यकतालाई मध्यनजर राखी व्यवसायीहरुलाई उक्त एक्स्पोमा जानुपर्ने आवश्यकता रहेको जानकारी दिएका थिए। आवतजावतमा सहजहोस् भनी ३ जना टिम लिडर समेत राखिएको बताएका थिए।
त्यसैगरी मुद्रण संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठले २ वर्षमा एकचोटी हुने यो एक्स्पोले दक्षिण एसियामा नै नयाँ आयामको सुरुवात गराएको छ भने एकै समयमा सम्पूर्ण प्रिन्टिङ सम्बन्धि जानकारी पाइने भएको हुँदा हामी सम्पूर्ण नेपालीहरुलाई यसले प्रत्यक्ष सकरात्मक प्रभाव पार्ने देखिन्छ। त्यसकारण सम्पूर्ण आफ्नो व्यवसाय सुदृढिकरण गर्नेको लागि यस एक्स्पोमा जानुपर्ने जानकारी दिएका थिए।
उक्त कार्यक्रममा सहभागीहरु माघ १७ गते विहान ६ बजे पोखराबाट गन्तव्य तय गरि १८ गते काठमाण्डौंबाट दिल्ली गई पुन २४ गते नेपाल फर्कने मुद्रण व्यवसायी संघ कास्कीका उपाध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)ले जानकारी दिएका थिए। भारतीय मुद्रण, प्याकेजिङ र संबद्ध मेशीनरी निर्माताहरु एसोसिएशन (आईपीएमए), १९८८ मा स्थापना भएको थियो र १९९१ मा दिल्ली मा दर्ता भएको थियो। आईपीमा एक स्वतन्त्र संगठन भएकोले मुद्रण, प्याकेजिङ र अलाइड इंडस्ट्रीज को छिटो र बदलिदो बजारिकरणलाई मध्यनजर गर्ने गर्दछ। आइपिएएमए नयाँ दिल्ली को राजधानीमा एनओआइडिएमा अल्ट्रा आधुनिक सुविधाहरुसंग यसको आफ्नो विशाल भवन देखि संचालित रहेको छ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: