नक्कली भिषा देखाएर ७ लाख ठग्ने भेरी एण्ड कर्णालीकी कल्पना रावलविरुद्ध मुद्दा दायर

सराङकोट न्यूज
15 May, 2019 5:40 am
Advertisements

जोर्डनमा सुरक्षा गार्डको जागिर लगाइदिन्छु भन्दै ७ लाख नगद लिएर विदेश नपठाउने भेरी एण्ड कर्णाली मेनपावर कम्पनीको अध्यक्ष कल्पना रावल विरुद्ध ठगि मुद्दा दर्ता भएको छ । स्याङ्जा पुतलीवजारका संजय शाहलाई उक्त मेनपावरले ७ लाख ६ हजार नगद लिएको थियो ।
भेरी एण्ड कर्णाली मेनपावरले ४ वर्ष अगाडि नै पासपोर्ट र नगद लिएर फ्लाई दुवईको नक्कली टिकट समेत दिएका थिए । नक्कली कागज पत्र वनाई ठगि गरेका रावल सम्पर्कमा थिइनन् । पासपोर्ट समेत फिर्ता नभए पछि संजय शाहले मनासिव क्षतिपूर्ति समेतको माग राखी काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता गराएका थिए । परिसरका डि.एसपी हाविन्द्र वोगटील्े कल्पना रावल विरुद्ध मुद्दा दर्ता भई पक्राउ पूर्जि जारी भएको बताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: