गण्डकीका १ सय १० पर्यटकीय गन्तव्यमा पर्वतको डहरे देउराली पनि

सराङकोट न्यूज
20 May, 2019 3:49 pm
Advertisements

गण्डकी प्रदेश सरकारले प्रदेशको विभिन्न १ सय १० वटा पर्यटकीय गन्तव्य स्थलका नाम सार्वजनिक गरेको छ। आन्तरिक पर्यटन वर्ष २०१९ लाई लक्षित गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ११ जिल्लाबाट १०/१० वटा पर्यटकीय स्थलहरुको समेटेको हो। संघीय सरकारले पनि केही समयअघि देशभरका १ सय पर्यटकीय गन्तव्यहरु सार्वजनिक गरेको थियो।

पर्यटन वर्षमा भित्रिनेमध्ये ५० प्रतिशत पर्यटक प्रदेशको नयाँ गन्तव्यहरुमा पुग्ने वातावरण प्रदेश सरकारले तयार गर्ने मन्त्री लम्सालले बताए। ‘सरकारले पर्यटनलाई विकासका लागि पहिलो आधार तयार पारेको छ। यसबाट हुने आयआर्जन र लाभले गरिबी निवारणमा सहयोग पुग्नेछ,’ उनले भने। ‘सहज वातावरण बनाउन र नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गर्दै आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धधन गर्ने हाम्रो लक्ष्य हो।’सार्वजनिक गरिएका पर्यटकीय स्थलहरुको पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गर्ने प्रदेश सरकारको योजना छ। जिल्ला समन्वय समिति,

 पर्यटन व्यवसायी, प्रदेश सांसद, गाउँपालिका, लगायत जनप्रतिनिधिहरूसँग छलफल गरेर पर्यटकीय गन्तव्यहरुको छनोट गरिएको गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले बताए। आन्तरिक पर्यटन वर्ष सन् २०१९ मा १५ लाख पर्यटक भित्राउने लक्ष्यले यस वर्ष एक सय १० वटा पर्यटकीय गन्तव्यहरु घोषणा गरिएको उनले बताए।

यस घोषणासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रदेशका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार भई पर्यटकको संख्या वृद्धिसँगै उनीहरुको बसाइ अवधि लम्बिने प्रदेश सरकारको अपेक्षा छ।

कास्की
कास्कीको पर्यटकीय गन्तव्यहरु फेवाताल, तालबाराही मन्दिर, बेगनासताल, रूपाताल, विन्ध्यवासिनी मन्दिर, विश्व शान्ति स्तूपा, सराङकोट, अन्नपूर्ण बेसक्याम्प, पातले छाँगो, गुफाहरु (गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति), कोटहरु (रुपाकोट, पुम्दीकोट, कास्कीकोट, स्यालुङकोट, ठुलाकोट) र काहुडाँडा रहेका छन्।

स्याङ्जा
स्याङजाका साल्मेडाँडास्थित गोर्खा स्मारक र नुवाकोट कालभैरव मन्दिर, सिरुबारी पर्यटकीय गाउँ, आलमदेवी मन्दिर, स्वरेक मैदान प्याराग्लाइडिङ, सातौँ चण्डीथान, गह्रौँकालिका, अन्धाअन्धी, छायाँ क्षेत्र (छ्याङछ्याङ्दी) राम्दीधाम र मिर्मी सेतीवेणी तथा स्टिमर यात्रा पर्यटकीय क्षेत्रका रुपमा सार्वजनिक गरिएका छन्।

पर्वत
भमरकोट माटे, जलजला, हम्पाल, कालान्जर पर्वत, पन्चासे पन्चधाम रमणीय धार्मिक क्षेत्र, डहरे नीलकण्ठ पर्वत, प्राकृतिक टावर, चिसापानी, कालिका र सूर्यास्तको सुन्दरता, पैयुँकोट, महाशिला, सेतीवेणी शालिग्राम शिला धार्मिकक्षेत्र, कुस्मा मोतीवेणी क्षेत्र, गुफा र नेपालकै अग्ला लामा पुलहरु, महाभीर छहरा आरोहण, बञ्जीजम्प, स्काइ साइक्लिङ र स्वीङ सूचीमा परेका पर्वतका पर्यटकीय गन्तव्यहरु हुन्।

तनहुँ
तनहुँका पर्यटकीय गन्तव्यहरुमा बन्दीपुर, देवघाटधाम, ढोरबराही, छाप्दी बराही, व्यास गुफा (पर्यटन क्षेत्र), घाँसी कुवा, तनहुँसुर कालिका तथा दरबार क्षेत्र, भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर, बुढीदेवता मन्दिर आँधीमूल बाराही र मिर्लुङकोट रहेका छन्।

लमजुङ
लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ सार्क भिलेज, घनपोखरा, इशानेश्वर महादेव, करापुटार, भुजुङ गाउँ, दूधपोखरी ( गोरखा र लमजुङको सिमाना) सिरुगाउँ र काउलेपानी गाउँ लमजुङका पर्यटकीय स्थलहरु रहेका छन्।

गोरखा
गोरखाका पर्यटकीय गन्तव्यहरुमा गोरखा दरबार र गोरखा संग्रहालय, मनकामना मन्दिर र केवलकार, श्रीनाथकोट मण्डली, अजिरकोट, गोरखकालिका, बारपाक र लाप्राक (२०७२ को भूकम्पको केन्द्रबिन्दु), मनास्लु हिमाल र संरक्षण क्षेत्र, लार्केपास, छेकम्पार र लिगलिगकोट रहेका छन्।

मनाङ
मनाङको तिलिचो ताल, पोङकर ताल, डोना ताल, गंगापूर्ण ताल, अन्नपूर्ण हिमाल १, २, ३ र पदमार्ग, छो कर्णताल, थोन्चे–लार्के पदयात्रा, मनाङ–थोराङला पास पदयात्रा, नारफू–काङला पदयात्रा र तिब्बतियन खम्पाको बंकर पर्यटकीय गन्तव्यका रुपमा रहेका छन्।

बाग्लुङ
बाग्लुङका पर्यटकीय गन्तव्यहरुमा बाग्लुङ कालिका, पन्चकोट–शालिग्राम संग्रहालय तथा रंगवेकटेस मन्दिर, ढोरपाटन, उत्तरगंगा धार्मिक क्षेत्र, घुम्टेको लेक, गाँजाको दह (रुद्रताल) लेक, भैरव स्थान मन्दिर तथा भकुण्डे, जैमिनीधाम–माइस्थान–हाडिकोट, सत्यावती मन्दिर, रामकोट, भुलेनी, बिउकोट, शिवधुरी–हिमालयन भ्यूप्वाइन्ट र गाँइघाट झर्ना रहेका छन्।

म्याग्दी
म्याग्दीका पर्यटकीय गन्तव्यहरुमा गलेश्वर धाम, पुलस्त्याश्रम, जगन्नाथ मन्दिर, पुला ढोलठाना, टोड्के धुरी, धौलागिरी बेस क्याप, धौलागिरी हाइसफल र हिमाल, पुन हिल र घोरेपानी, मालिका धुरी, रुप्से छहरा र अन्ध गल्छी, खोप्रा लेक र सिंगा तातोपानी रहेका छन्।

मुस्ताङ
मुस्ताङका पर्यटकीय गन्तव्यहरुमा मुक्तिनाथ तिर्थस्थल, कागवेनी तिर्थस्थल, कुछप तेरेङका गुम्बा (पहिलो गुम्बा), लो घेकर गुम्बा, दामोदर कुण्ड, लोमान्थाङ दरबार र गुफाहरु, धौलागिरी हाइस फल, लियोपार्ड क्याप (ठिनी), जोमसोम गाउँ र टिटि ताल रहेकाछन्।

नवलपुर
नवलपुरका पर्यटकीय गन्तव्यहरुमा मौलाकालिका, देवचुली, बरचुली पिकहरु, त्रिवेणी गजेन्द्र मोक्ष धाम, दाउन्ने देवि, कैलास पर्वत, घुमाउरीघाट(कामधेनु क्षेत्र), लोसेधारा, कैलाश आश्रम, शास्वत धाम, अकलादेवी (डेडगाउँ) र मन्यविन्दु रहेका छन्।

त्यसैगरी केही साहसिक पर्यटकीय गन्तव्यहरु समेत सार्वजनिक गरिएका छन्। प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, र्‍याफ्टिङ, घोडाचढी, स्किइङ, बञ्जीजम्प, साहसिक पिङ (स्विङ), हर्ट एयर वेलुनिङ र जंगल सफारी लगायतका रहेका छन्।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: