स्वीकृति नलिई चल्ने इभेन्ट कसले रोक्ने ?

सराङकोट न्यूज
19 June, 2019 3:17 am
Advertisements

अघिल्लो हप्ता काठमाडौं प्रहरीले प्यारामाउण्ट इभेण्टका संचालक दिपक घिमिरे सहित ३ जना पक्राउ गरी मुद्दा चलायो । विभिन्न प्रतियोगिताको नाममा महंगो टिकट भिडाउने, हुल हुज्जत गर्ने र जनतालाई ठगी गर्ने सास्ती दिनेगरेको आरोपमा उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पनि सुन्दरी प्रतियोगितामा विभिन्न नाममा वहानामा इभेन्ट हुदै आएका छन् । प्रतिस्पर्धाको रुपमा इभेन्ट गर्ने भनि प्रचार गरिए पनि ति इभेन्टहरु टिकट वेचेको भरमा नम्वर दिएर विजेता वनाउनेगरिदै आएको पाइएको छ तर पनि त्यस्ता आयोजकहरु कारवाहीको दायरामा पर्न सकेका छैनन् ।
प्रतिस्पर्धीलाई टिकट वेच्न लगाएर तारे होटलमा कार्यक्रम गर्नेहरु कार्यक्रम संचालन तथा स्वीकृति समेत लिने गरेका छैनन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा इभेन्ट संचालनको स्वीकृति लिन गएका छैनन् । सहायक प्र.जि.अ. सूचना अधिकारी श्रीनाथ पौडेल भन्छन् कसैले स्वीकृति लिएका छैनन् तर पनि मोटो रकम उठाएर निर्वाध कार्यक्रमहरु भइरहेका छन् यस वारे राज्यको मौनता टिठ् लाग्दो छ । उनिहरु उजुरी नै आएको छैन भनेर मौन छन् ।
जेष्ठ ३२ गते पोखरा ग्राण्ड नामको तारे होटलमा एस टि क्रियसनले मिस्टर एण्ड मिस एस.ई.इ. कार्यक्रम ग¥यो । एक हजार र दुई हजारको टिकट वेचेर आयोजना गरिएको कार्यक्रमको नं. प्रशासनवाट स्वीकृति लिइएको थियो न आन्तरिक राजस्व कार्यालयबाट अस्थायी भ्याट दर्ता नै ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख केशव उप्रेतीले कुनै पनि इभेन्ट, मेला वा महोत्सव गर्दा टिकट वेचेर गरिने अस्थायी भ्याट दर्ता स्वीकृति लिनुपर्ने वताउँछन् । उनले भने दर्ता स्वीकृति नलिइ इभेन्ट गरिएको पाइएमा अनुसन्धान गरी नियमानुसार कारवाही गरिने छ। मिस्टर एण्ड मिस एस.इ.इ. का आयोजक एस.टि. क्रियसनले विक्री गरेको टिकटमा नम्वर समेत नराखिएको पाइएको छ । संचालक सुरज थापाले कति टिकट विक्री भयो भन्ने वारेमा खुलाउन चाहेनन् ।
यस्तै असार ७ गते इभेन्ट फर यु ले मिस एस.इ.इ. गर्दैछ । उसले सहभागीलाई ३ सय रुपैयाँको टिकट विक्री गरिरहेछ । छैठौ मिस एस.इ.इ. पोखरा सभागृहमा हुने आयोजना संस्थाका विशाल गुरुङले वताए । टिकटमा कर्ण दाशको कन्सर्ट समेत रहेको उल्लेख छ । उक्त कार्यक्रमका प्रायोजकले कर दर्ता र स्वीकृति लिएको संचालक विशाल गुरुङले वताएका छन् । यसको आधिकारिक पुस्ट्याई हुन वाँकी छ ।
यि दुई वटा इभेन्ट नमूना प्रस्तुती मात्र हुन् । पोखरामा विभिन्न समयमा इभेन्ट, मेला महोत्सव हुदै आएका छन् तर ति कति कानून सम्मत छन् कति छैनन् भन्ने वारेमा राज्यका निकायले लेखाजोखा राख्नु पर्छ । जुन सुकै संस्था आयोजक भएपनि टिकट काटेर गरिने कार्यक्रम नाफामूल्क नै हो । अझ प्रतिस्पर्धात्मक भनिने कार्यक्रमहरु टिकट वेचेर र एस.एम.एस. वाट गरिने छनोट निस्पक्ष हुन नसक्ने जानकारहरु वताउँछन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: