के हुदैंछ अमरसिंह प्रकरण ?

सराङकोट न्यूज
7 January, 2020 4:36 pm
Advertisements

विद्यालय पढ्न गएकी छात्रा शिक्षकवाटै प्रताडित हुन पुगेको कुरा सतह वाहिर आएपछि पक्ष र विपक्षमा आलोचना हुनु सामान्य विषय वन्न थालेका छन् । यस्तै प्रकरण २०७६ पुष ३ गते वाहिरियो। नेपालकै नाम चलेको विद्यालय मध्यको पोखरा को अमरसिंह मा.वि. की एघार कक्षामा पढ्ने छात्राले केहि समय अघिदेखि अस्वाभाविक व्यवहार देखाएको भन्दै शिक्षक उदयराज पोखरेलमाथि कारवाहिको माग राखिन् । शिक्षकद्धारा छात्रामाथि शंकास्पद व्यवहार प्रदर्शन गरेको विषय विद्यालय प्रशासनले चासो नदिए पछि विद्यार्थीहरुले कारवाहीको माग गर्दै पुष ३ गते विहिवार कक्षाकोठामा ताल्चा मारेर पढाई वहिस्कार गरेका थिए ।
पढाइ नै छोडेर विद्यार्थीहरु छात्रा माथि शंकास्पद व्यवहार गर्ने शिक्षक उदयराज पोखरेललाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएपछि वल्ल विद्यालय प्रशासनको ध्यान खुल्यो । अमरसिंह मा.वि. का प्राचार्य तेजस्वी वरालले व्यवस्थापन समिति, पीडित छात्राका अभिभावक सहित राखेर छलफल गर्दा पनि आफू माथि यौनजन्य आसयको हिंसा भएको कुरा खुलेरै वताएपछि मात्र विद्यालय प्रशासनले आरोपित शिक्षक उदयराज पोखरेललाई कक्षा ११–१२ को विहानी सत्रमा पढाउन वाट हटाएको थियो ।
स्याङ्जा जिल्ला घर भएका ३७ वर्षिय शिक्षक उदयराज पोखरेलले विद्यालयको गरिमा माथि नै हिलो छ्याप्ने कार्य गरेको भन्दै उनलाई निलम्वन गरेर कारवाही हुनुपर्ने माग कतिपय शिक्षक, अभिभावकवाट उठेको छ । वद्नियत पूर्ण कार्य गरेको भन्दै फौज्दारी संहिता वमोजिम प्रहरीले कारवाही गर्नु पर्ने आवाज पनि नउठेको हैन तर विद्यालय प्रसाशनले अभिभावक र पीडित पक्षलाई दवाव र प्रभावमा पारेर सहमतीमा जान वाध्य पारेको खुल्न आएको छ । एक पीडित छात्राले खुलेरै आफू माथि यौनजन्य हिंसा भयो भनेर बताईरहँदा आरोपित शिक्षकलाई विहानको कक्षावाट मात्र हटाएर चोख्याउन खोजिएको भन्दै टिप्पणी गरेका छन् ।
उक्त प्रकरण पछि अमरसिंह मा.वि. को छविलाई जोडेर आलोचना हुने क्रम वढे पछि विद्यालयले तीन सदस्यीय छानविन समिति वनाएर १५ दिन भित्र प्रतिवेदन वुझाउन भनेको छ । समितिमा वि. व्यसका सदस्यहरु वलराम ढुंगाना, आनन्द मणि रिजाल र चन्द्रा पराजुली रहेका छन् । निस्पक्ष छानविन गरी सत्य तथ्य वाहिर ल्याउने अपेक्षा गरिएको छ ।
घटनामा आरोपित शिक्षक उदयराज पोखरेल आफूमाथि लगाइएको आरोप निराधर रहेको वताउँछन् । शिक्षकले कक्षामा विद्यार्थीलाई हात समाएर हस्त लेखन सिकाएको विषयलाई जोडेर अनर्गंल आरोप लगाइएको भन्दै दुःख व्यक्त गरेका थिए । शिक्षक पोखेरलले पीडित छात्रा र आफू वीच अण्डरस्ट्याण्डिङ ग्याप भएको हुन सक्ने भन्दै छानविन समितिले सत्यतथ्य वाहिर ल्याउने वताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: