कास्की ट्राफिकमा लाखौंका सिसि क्यामेरा अलपत्र

सराङकोट न्यूज
15 January, 2020 10:21 am
Advertisements

कास्की ट्राफिक प्रहरीको उदासिनताको कारण मागेर ल्याइएका उपकरणहरुको प्रयोग हुन सकेको छैन । दाताहरुले सहयोग गरेका अधिकांस उपकरणहरु उल्फाको धन जस्तै अलपत्र परेको छरपस्ट देखिएका छन् । माल पाएर चाल नपाउने भन जस्तै गरी कास्की ट्राफिकले दाताहरुवाट चन्दा सहयोग स्वरुप लिएर जडान गरिएका सिसि क्यामेराहरु सवै वन्द भइसकेका छन्।
दुर्घटना न्यूनिकरणका लागि सवारी प्रयोगकर्तालाई सचेत पार्ने होस् या दुर्घटना भवितव्यको प्रमाण हेर्नका लागि समेत उपयुक्त हुने उद्देश्यले पोखरा महानगर पालिका र ड्राइभिङ स्कुल संघको आर्थिक सहयोगमा पोखराका मुख्य चोकहरुमा जडान गरिएका १३ वटा सिसि क्यामेरा र टेलिभिजन स्क्रिन विग्रिएर थन्किएको छ । उक्त कार्यमा ल्याइएको टिभी र एसीको ३० हजार वक्यौता अझै बाँकी रहेको टिभी विक्रेता सारस इलेक्ट्रोनिक्सका संचालकले बताएका छन् ।
२०७५ साल असार महिनामा तत्कालिन कास्की ट्राफिक प्रमुख ऐन वहादुर मल्लको पहलमा सभागृह चोक पृथ्वीचोक र सिर्जनाचोकमा क्यामेरा जडान गरिएको थियो। जडान गरिएका ति क्यामेराहरु २०७५ साल कट्न नपाइ विग्रिएका थिए । विग्रिएका क्यामेरा मर्मत तथा संचालनका लागि कास्की ट्राफिकको वर्तमान नेतृत्वले खासै पहल गरेको छैन । इ. ऐन वहादुर मल्ले जोडेर संचालनमा ल्याएको सिसि क्यामेरा र टिभी ई. मुरारी मिश्रको पालामा विग्रियो तर मिश्रले कार्यकालमा निर्माणको कुनै प्रयास गरेनन् ।
मिश्रको सरुवा पछि ई सन्तोष रोका ले कास्की ट्राफिकको इञ्चार्ज सम्मालेका छन् । रोकाले नेतृत्व सम्हालेको २ महिना हुन लाग्दा समेत मर्मत सिसि क्यामेरा गरेर संचालनमा ल्याउन सकिएको छैन । इ. रोका भन्छन् मर्मत र नयाँ थप सिसि क्यामेरा जडानको लागि पोखरा महानगर वार्ड नं. ८ का वडा अध्यक्ष समक्ष निवेदन दिएको वताए । ८ नं. वडा अध्यक्ष रुद्रनाथ वराल ले निवेदन महानगर पठाइएको जानकारी गराए । यो वर्ष ८ र १७ नम्वरमा सिसि क्यामेरा जडान गरिने वताए । त्यसको लागि ७०–३० को अनुपात अवधारणा तय गरिएको वडा अध्यक्ष वरालले वताए ।
यस अघि २०७५ असारमा जोडिएका सिसि क्यामरोम करिव ७ लाख खर्च भएको टिपि लिंक टे«डर्सका संचालक दामोदर डुम्रेले वताए । विगेको १३ वटा क्यामेरा र तार मर्मत गर्न ७०–७५ हजार सम्म लाग्ने डुम्रेले वताए । उनले भने ७०–७५ हजार खर्च गर्ने हो भने एक डेढ वर्ष चल्छ ।
पोखरा महानगरलाई स्मार्ट सिटि वनाउने घोषणा भएको दुई वर्ष पुरा भयो तर ट्राफिक व्यवस्थापन देखि विभिन्न घटना नियन्त्रण गर्ने प्रविधि जडान हुन सकेको छैन । अधिकार मात्रको तर प्रविधि विहिनको ट्राफिक वाट के अपेक्षा गर्ने । भएका राडर गन विग्रिसकेका छन् भने व्रेथ लाइजर नहुँदा मापसे जाँच हा हाको भरमा कहिले सम्म धान्ने ? सोच्ने वेला आएन र ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: