मेडिप्लस अस्पतालको संरचना निर्माण र सेवा दुवै रोकियो

सराङकोट न्यूज
4 February, 2020 4:46 pm
Advertisements

पदम बहादुर खड्का/सराङकोट

सरकारी निकायबाट स्वीकृति नै नलिई सेवा संचालन सुरु गरेको पोखरा ११ महेन्द्रपुलको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको सेवा रोक्का गरिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उक्त अस्पतालले माघ १४ गते सोमवार औपचारिक उद्घाटन गरी सेवा शुभारम्भ गरेको थियो ।
अस्पतालले संचालन स्वीकृति लिनु पूर्व अपनाउनु पर्ने अधिकांस प्रकृया अधुरो छ । मानव स्वास्थ्य जाँच गर्ने जस्तो सम्वेदनशिल व्यवसाय दर्ता नै नगरी संचालन गर्ने आँट गरेका मेडिप्लसका लगानीकर्ताहरुले ५० शैयाको अस्पताल दर्ता गर्न स्वास्थ्य निर्देशनालयमा निवेदन दिएका छन् तर नियमानुसार चेक लिष्ट वमोजिम गर्नु पर्ने अधिकांस काम वाँकी रहेको छ । अस्पतालका डाक्टर सरोज पोखरेलले हस्पिटल संचालनको अनुमती लिइसकेको वताएका थिए तर स्वीकृति नदिएको निर्देशनालयका प्रशासन विभाग प्रमुख नगेन्द्र पौडेलले वताए ।
अस्पताले भवन मापदण्ड भवन संहिता सम्वन्धि ऐन २०५५ को दफा ११ वमोजिम भएको व्यवस्था अनुरुप स्वीकृति भएको हुनु पर्ने छ । उक्त अस्पताल भवन भुकम्प प्रतिरोधी हो भन्ने प्रमाणित गर्नु पर्छ तर मेडि प्लसले पुरानो जिर्ण भवनलाई रेट्रोफिटिङ गरेर चिल्लो पार्दै छ । अघिल्लो डा. रञ्जितको घर सवलिकरण गरी सरेको छ भने पछिल्लो रामजी वास्तोलाको जिर्ण देखिने घर महानगरवाट अनुमती स्वीकृति नलिई जिर्णोद्धार गरिरहेको थियो भने वीचमा एक सानो विल्डिङ निर्माण गरिरहेको थियो ।
अघिल्लो हप्ता सराङकोटले उक्त अस्पतालले अनियमित संरचना वनाइएको सेती गण्डकीको मापदण्ड मिचेर १५० फिट लामो पक्की रिटेनिङ वाल लगाएको वारे स्थलगत रिपोट्रि प्रकाशन गरेको थियो । समाचार प्रकाशन भए लगत्तै महानगरपालिका सुरक्षा तथा निरिक्षण महाशाखाले अनियमित निर्माण कार्य रोक्न प्रहरी पठाएको थियो ।
वडा नं. ११ का अध्यक्ष मोहन वास्तोलालाई इञ्जिनियर सहित स्थलगत गरेको सराङकोटलाई वताए। प्राररम्भिक अनुगमनमा मापदण्ड मिचेर पर्खाल लगाएको, स्वीकृति नलिई रेट्रो फिटिङ गरेको, सानो भवन समेत निर्माण गरिएको पाइएपछि तत्काल काम रोक्न लगाइएको वताए। प्राविधिकले विस्तृत अध्ययन गरी प्रतिवेदन दिने र सोही मुताविक रिटेनिङ वाल हटाउन लगाउने लगायतका कारवाही सिफारिस गरिने वडा अध्यक्ष वास्तोलाले वताए ।
यता अस्पतालको मापदण्ड र भौतिक पूर्वाधारमा गंभिर संकट आएपछि मेडिप्लस अस्पताल २५ शैयामा झर्न सक्ने सुत्रले दावी गरेको छ । अस्पतालका केहि संचालकहरु घटना मिलाउन महानगरका इञ्जिनियर गुहार्न थालेका छन् । महानगरको निति नियम विपरित संरचना वनाउन नसाङ्कन र स्टमेट गर्ने प्राविधिक लाई पहिचान गरी कालो सूचिमा राख्नु पर्ने वताइएको छ ।
पोखरा ११ मा रहेको पोखरा टेक्निकल मल्टिप्रपोज हेल्थ इन्स्च्यिुट ले आफ्नो अस्पताल नभएका कारण आफ्नो ७० प्रतिशत शेयर मेडिप्लसलाई विक्री गर्ने समझौता गरेको थियो । १०० वेडको अस्पताल अनिवार्य हुनुपर्नेमा ५० वेड पनि स्वीकृति हुन नसक्ने अवस्था आएपछि इन्स्च्यिुट र मेडिप्लस वीच दरार उत्पन्न भएको छ । कलेज लिएर चलाउन नपाउने भएपछि मेडिप्लसका संचालकहरु पछि हट्दै गएका छन् । उता पोखरा टेक्निकल पनि दुई खेमा वनेर विवाद सुरु गरेको खवर सराङकोटलाई प्राप्त भएको छ ।
मेजर शेयर धनी माधव थपलिया समूह आफ्नै १०० वेडको अस्पताल वनाउन सुरु गर्नु पर्ने वताउँदै आएका छन् भने अर्का संचालक टंक अधिकारी समूह मेडि प्लसलाई जसरी भएपनि कलेज विक्री गर्ने दाउमा छन्। यस अघि फेवासिटीलाई भिडाउन खोजिएको उक्त कलेज मेडिप्लस हुदै कहाँ पुग्ने हो निश्चित छैन । चिकित्सा शिक्षा आयोगले माघ १६ गते सूचना प्रकाशन गरी ऐन जारी भएको मितिले २ वर्ष भित्र नर्सिङ कलेजहरुले आफ्नै १०० वेडको अस्पताल वनाउन अन्यथा कानून वमोजिम हुने वताएको छ । ऐन २०७५ फागुन १० गतेबाट लालमोहर लागि जारी भएको छ उक्त मितिले २०७७ फागुन १२ गते भित्र हरेक नर्सिङ कलेजले आफ्नै १०० वेड अस्पताल वनाइ सक्नु पर्ने हुन्छ।
सरकारी निकायवाट संचालित पोखरा नर्सिङ कलेजले समेत आफ्नै अस्पताल वनाउने काम सुरु गरिसकेको छ ।
पोखराको चरक एकेडेमी भद्रकाली, नोवल एकेडेमी न्यूरोड, पद्म नर्सिङ होम स्कुल अफ नर्सिङ (जो रोश गुरुङ)ले व्यक्तिगत रुपमा किनेको निर्णय भएको छ ) र पोखरा ११ को पोखरा टेक्निकल कलेज भाडामा हस्पिटल सम्झौता गरेर चलिरहेका छन् । पोखराका यि ४ वटा र नेपालका जम्मा ९३ वटा कलेजहरु संकटमा पर्ने देखिएका छन् ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले कानूनको धज्जी उडाउँदा राज लाई चुनौती दिने जो कोही ढिलो चाडो फन्दामा पर्छन् नै मेडि प्लसले पैसा कमाउने हतार गर्दा संचालनको सुरुमै अग्र विवादमा तानिएको छ । नियामक निकाय कसरी अगाडि वढ्छन् । सत्य तथ्य छानविन र कारवाही हुन्छ हुदैन त्यो भने हेर्न वाँकी छ हामी निगरानीमा छौं ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: