मासु व्यवसायीको पिडा : ‘उधारोले डुवायो’

सराङकोट न्यूज
24 March, 2020 9:38 am
Advertisements

कोरोना भाइरसले सवै व्यवसायी तहसनहस वनाइरहेको वेला मासु व्यवसायीले आफूहरु अझ वढि पिडामा रहेको गुनासो गरेका छन् । एकातिर व्यवसाय चौपट अर्कोतिर उदारोको संकट दुवैको मारमा पर्दा व्यवसायवाटै पलायन हुने अवस्था आएको र कतिपय व्यवसायीहरु पलायन पनि भइसकेका छन् मासु व्यवसायी संघ कास्कीका सचिव राजेन्द्र तिमिल्सीनाले भने ।
मासु व्यवसाय होटल, कयाटरिङ, पार्टी प्यालेसहरुबाट वढि पीडित हुन पुगेको पनि व्यवसायीहरुले ठम्माएका छन् । होटलमा नगद कारोवार हुन्छ, क्याटरिङ र पार्टी प्यालेसहरुले पनि नगदै कारोवार गर्छन् तर मासुको पैसा महिनौ उधारो राख्ने प्रवृत्तिमा सुधार नआउँदा घर बारी वेचेर व्यवसाय धान्न वाध्य छन् संघका अध्यक्ष गोविन्द तिवारीले सुनाए ।
क्याटरिङ, होटल रेष्टुरेण्ट, पार्टी प्यालेसहरुले मासु व्यवसायीहरुलाई हेपेर अन्यत्र लगानी गर्दा वर्षौ सम्म लाखौं रुपैयाँ डुविरहेको भन्दै मासु व्यवसायी संघले अव सवै व्यवसायी मिलेर व्यवसाय वचाउन लाग्ने निर्णय गरेका छन् । एउटा व्यवसायीको वक्यौता नतिरे सम्म अरु व्यवसायीले मासु नदिने, कारोवार गर्दा लिखित सम्झौता गर्ने, व्यवसायीक एकताको लागि आचारसंहिता वनाउन र सम्झौता अनुसार वक्यौता चुक्ता नभएर नाम सार्वजनिक गर्ने, व्याज लिने देखि कानून वमोजिम कारवाहीको लागि अघि वढ्ने वताइएको छ ।
कोरोनाको संक्रमण वढेपछि अधिकांस होटल, रेष्टुरेण्ट क्याटरिङ संचालकहरु व्यवसाय नै वन्द गरेर सम्पर्क विहिन भएका छन् । त्यसले झन् समस्या परेको पनि मासु व्यवसायी संघले गुनासो गरेको छ । कोरोना प्रकरण सुल्झे पछि आम व्यवसायीको वृहत् भेला गरेर अघि वढ्ने वैठकले निष्कर्ष निकालेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: