गण्डकी अस्पतालका सवै सेवा सुचारु

सराङकोट न्यूज
22 June, 2020 6:45 pm
Advertisements

कोरोना अस्पतालको मान्यता दिइएको गण्डकी अस्पतालमा सवै प्रकारको विरामी जाँच तथा उपचारसेवा सुचारु गरिएको छ । कोरोना संक्रमितको संख्या तिव्र वढिरहँदा स्वास्थ्य मन्त्रालयले परिपत्र गर्दै कोभिड नन कोभिड सवै अस्पतालहरुले सवै खालको सेवा सुचारु गर्न निर्देशन दिएको छ ।
हाल १८ जना कोभिडका संक्रमित व्यक्तिहरु आइसोलेसनमा उपचाररगत गण्डकी अस्पतालले आइ सि.यु. र मेडिकल वार्ड वाहेकका अन्य वार्डहरुलाई मिलाएरु आइ.सियू. वाहेकका सेवाहरु सूचारु गरेको सूचना अधिकारी नारायण प्रसाद आचार्यले वताएका छन् ।
प्रसुती, ओटी, डाइलासिस लगायतका सवै र ओपिडि र विरामी भर्ना सेवा समेत संचालनमा ल्याइएको छ । विपन्न वर्गले सेवा लिने गण्डकी अस्पताललाई कोभिड हस्पिटल वनाइएपछि दैनिक उपचारका लागि आउने १५ सय भन्दा वढि विरामी सय भन्दा तल झरेको छ । प्रसुती सम्वन्धि उपचार मृ ैला डायलासिस समेतमा भारी गिरावट आएको छ तर पनि अस्पताल व्यवस्थापनले सेवालाई सुचार राखेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: