कास्की जिल्ला अदालतमा नयाँ इर्जलाश थपिने

सराङकोट न्यूज
24 June, 2020 5:00 pm
Advertisements

यस अघि ६ वटा मात्र ईजलाश रहेको कास्की जिल्ला अदालतमा श्रावणबाट थप एक नयाँ इर्जलाशबाट सेवा प्रवाह हुने भएको छ । नयाँ आ.व. वाटै नयाँ ईजलाश संचालनमा आउने तयारी भइरहेको कास्की जिल्ला अदालतका श्रेस्तेदार ढाकाराम पौडेलले वताए। एक जना न्यायाधिशको दरवन्दी थप भई आएको छ त्यसको लागि इजलाश वनाउन जुटिरहेको श्रेस्तेदार पौडेलले वताए ।
पर्याप्त जमिन र भवन अभावका कारण इजलाश संचालन र कार्यालय संचालनका लागि समस्या रहेको छ । इजलाश निर्माणका लागि सामान्य कोठा उपयुक्त नहुने भएकोले पनि तत्काल व्यवस्थापन गर्न चुनौती रहेको वताइएको छ । पक्की भवन नभएपनि अस्थायी टहरो वनाएर नयाँ इजलाश संचालनमा आउने निश्चित भएको छ यसपछि ७ वटा इजलाश वाट सेवा सुचारु हुने छ ।
कास्की जिल्ला अदालतले हरेक इजलासमा इजलास अधिकृत राख्ने भएको छ । इजलाश अधिकृत प्रत्येक इजलाशमा भएपछि सेवा प्रवाहमा तिव्रता आउनुको साथै जवाफदेहिता वढ्ने अपेक्षा राखिएको श्रेस्तेदार पौडेलले वताए । यस्तै लकडाउन खुकुलो हुदै गएको सन्दर्भलाई मध्यनजर गरी कास्की जिल्ला अदालतले सेवा प्रवाह र मुद्दा सुनुवाई सम्वन्धमा सूचना जारी गरेको छ । मुद्दाको प्रकृति, अवस्था र गम्भिरताको आंकलन गरी मुद्दाको सुनुवाई गर्ने निर्णय गरेको छ । घरेलु हिंसा सम्वन्धि मुद्दा, अर्ध न्यायिक निकायले गरेको पुनरावेदन, रोक्का निवेदन, वाल न्यायिक कक्षमा रहेका वालवालिका मात्र रहेका मुद्दाको सुनुवाई अगाडि बढाउने लगायतका ९ वटा वुँदामा सूचना जारी गरिएको छ । लकडाउनका कारण अझै धेरै प्रकार र प्रकृतिका मुद्दाको कारवाही अनिश्चित रहेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: