राष्ट्रिय गौरवका आयोजना नै विवादमा, विकासको नाममा विनास बढ्दो

यदुनाथ बन्जारा
3 November, 2020 10:17 am
Advertisements

नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजना निर्माणलाई प्राथमिकता प्रदान गर्दै आएको छ । विद्युत सडक, विमानास्थललाई सरकारले राष्ट्रिय गौरवका आयोजना तोकेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानास्थल, लुम्विनीमा गौतम वुद्ध विमानास्थल, निजगढ, अन्तर्राष्ट्रिय विमानास्थल लगायत निजगढ, हेटौंडा काठमाडौं फास्ट ट्रयाक लगायत हाल २१ वटा आयोजनालाई राष्ट्रिय गौरवका योजनामा दर्ज गरेर कार्यान्वयन अगाडि वढाइएको छ ।


निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको डिपिआर बनेपनि योजना कार्यान्वयनमा आउन सकेका छैनन् । विमानास्थल निर्माणको प्रस्तावित क्षेत्र अधिकांस राष्ट्रिय वन भएकाले त्यसको फँडानी रोक्न सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि काम रोकिएको छ । वातावरण विद्हरुको तिव्र विरोध पछि निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको काम रोकिएको छ यसले राम्रो सन्देश दिएको छ । निजगढबाटै काठमाडौं सम्म द्रुत माग वनिरहेको छ । ६ लेनको द्रुत मार्ग पूर्ण रुपमा संचालनमा आएपछि तराई (निजगढ) काठमाडौंका यात्रा वढीमा २ घण्टाको हुनेछ । द्रुत मार्ग भएको ठाउँमा अन्तर्राष्ट्रिय एअरपोर्टको औचित्य नरहेको विज्ञहरुले वताइरहेका छन् । सानो देश नेपालमा एउटा वैकल्पिक उडान गर्न, भर्न मिल्ने अन्तर्राष्ट्रिय विमानास्थल भए काफी हुने ठाउँमा वन वातावरण नै मासेर छोटो दुरीमा अरवौं खर्च गरेर एअरपोर्ट निर्माण गर्नु व्यर्थ र अनुत्पादक हुने जानकारहरु वताइरहेका छन् ।
यस्तै फास्ट ट्रयाक निर्माण भइरहेका ठाउँमा भएको हेमी इक्वीपमेन्ट जनताले सास्ती पाउन र वातावरणीय क्षेत्रमा नकारात्मक प्रभाव पर्न हुन्न त्यसको लागि सरकार सचेत हुनुपर्छ जापान सरकारले निर्माण गरेको वनेपा सिन्धुली वर्दिवास (विपी राजमार्ग निर्माण वातावरण मैत्री रहेको पाइन्छ । त्यसबाट पनि सरकारले सिक्न जरुरी छ ।
राष्ट्रिय गौरवका आयोजनाहरु निम्न अनुसार छन् ।
(क) उर्जा मन्त्रालय
१. तामाकोशी जलविधुत आयोजना
२. बुढी गण्डकी जलबिधुत आयोजना
३. पश्चिम सेती जलबिधुत आयोजना

ख) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१. मध्य पहाडी (पुष्पलाल) लोकमार्ग परियोजना
२. हुलाकी राजमार्ग
३. काठमाडौं तराई मधेश द्रुतमार्ग
४. उत्तर दक्षिण लोकमार्ग (कोशी, गण्डकी र कर्णाली) ः ( ३ वटा )
(क) उत्तर दक्षिण लोकमार्ग कोशी
(ख) उत्तरदक्षिण लोकमार्ग कालीगण्डकी
(ग) उत्तर दक्षिण लोकमार्ग कर्णाली
५. पूर्व पश्चिम (मेची महाकाली) विद्युतीय रेलमार्ग आयोजना

(ग) शहरी बिकास मन्त्रालय
१. मेलम्ची खानेपानी आयोजना

(घ) सिँचाइ मन्त्रालय
१. सिक्टा सिँचाइ आयोजना
२. रानीजमरा सिँचाइ आयोजना
३. बबई सिँचाइ आयोजना
४. भेरी–बबई डाइभर्शन आयोजना

(ङ) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१. दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निजगढ, बारा
२. भैरहवा (गौतम बुद्ध) विमानस्थललाई क्षेत्रिय विमानस्थल बनाउने, रुपन्देही
३. पोखरा विमानस्थललाई क्षेत्रिय विमानस्थलमा विकसित गर्ने
४. पशुपति क्षेत्र विकास कोष
५. लुम्बिनी क्षेत्र विकास कोष

(च) वन तथा भू संरक्षण मन्त्रालय
१. राष्ट्रपति चुरे संरक्षण आयोजना

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: