प्रहरी इञ्चार्जलाई थर्काउने वडा अध्यक्षले माफी मागे

सराङकोट न्यूज
26 May, 2021 12:10 pm
Advertisements

गत वैशाख १२ गते मादी गाउँ पालिका वडा नं. ४ का वडा अध्यक्ष सत्यराज सापकोटाले प्रहरी चौकी याङजाकोटका इञ्चार्ज प्रनानि टिकाराम न्यौपानेलाई साफ थर्काए । थर्काउन पनि यति भरमार थर्काएकि मानौ ति प्रहरी होइनन् आफैले घरमा पालेको नोकर हुन् झै गरी जागिरै उडाइदिने सम्मको दुर्वाच्य वोले । वडा अध्यक्ष सापकोटा र चौकी इञ्चार्ज न्यौपाने वीच भएको मोवाइल सम्वाद सुन्न पनि अप्ठेरो लाग्ने तुच्छ शव्द वडा अध्यक्ष सापकोटाले गरेका थिए ।
मादी गा.पा.को वार्ड नं. ४ र ५ जोड्ने भैसे पक्की मोटरेवल पुल मुनिको वगरका ढुंगा संकलन गरी ओसार पसार गर्दै गरेको अवस्थामा प्रहरीले रोक्न पुग्दा वडा अध्यक्ष रिसले आगो भएका थिए । गाउँ पालिकाले कुनै निर्णय गर्न नमिल्ने वताएका उक्त वगरको ढुंगा संकलन र ओसारपसार गर्ने कार्यमा वडा अध्यक्षले कानुन विपरित कदम चालेका थिए । नियमत पुल आसपास ३ सय मिटर भित्र खोला, नदीजन्य कुनै पनि प्राकृतिक स्रोत साधन उत्खनन्, संकलन ओसार पसार गर्न पाइदैन तर मादी गा.पा. ४ नम्वर वडा अध्यक्षले गैह्रकानुनी कार्य गर्न खटाएका थिए । प्रहरीले उनको कार्य गैह्रकानुनी भन्दै टेक्टर नियन्त्रणमा लिएको थियो । आफ्नो स्वेच्छाचारी कार्य रोक्न खोज्ने प्रहरी इञ्चार्जलाई असोभनिय गाली र धम्की मात्र दिएनन् की माननीय र शक्ति केन्द्र प्रयोग गरेर प्रहरी इञ्चार्ज प्र.ना.नि.को सरुवा गराएका थिए ति प्रहरी हाल ईप्रका हंसपुर मुकाम डाँडाको नाकमा तानिएका छन् ।
वडा अध्यक्षले लिखित माफी मागे
वडा अध्यक्ष सत्यराज सापकोटालाई कास्की प्रहरीले जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराएर माफि मगाएको छ । कास्की प्रहरी प्रवक्ता प्र.ना.उ. सुभास हमालले भने–“वडा अध्यक्ष सापकोटा र प्र.ना.नि. न्यौपाने लाई सँगै राखेर छलफल गराइदा वडा अध्यक्षले आफूले आवेसमा आएर गाली गलौज गरेर गल्ती गरेको स्वीकार गद्र्यै अव प्रहरी लगायत कोही कसैलाई दुर्वाच्च नवोल्ने, गाली गलौजव नगर्ने भन्दै क्षमा याचना गरेपछि दुवैलाई मिलापत्र कागज गराइएको हो ।” कार्यक्षेत्रमा खटिने प्रहरीलाई उच्च मनोवल स्थापित गर्ने कार्यमा प्रहरी कहि नचुक्ने डि.एस.पि. हमालले दावी गरे ।
प्राकृति स्रोत साधनको मनोमानी संकलन र ओसार पसार गर्न नपाएको आवेगमा प्रहरी माथि खनिएका वडा अध्यक्ष सत्यराज सापकोटा हतारमा आवेगमा आउँदा फुर्सदमा पछुताउन वाध्य भएका छन् । उनले प्रहरीमाथि खनिदा आफू माथि पर्न सम्नेअप्ठेरोलाई नजर अन्दाज गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीमा क्षमा याचना सहितको कागज गर्दा मादी ६ नम्वर वार्ड अध्यक्ष पस वहादुर वास्तोलाको उपस्थिति रहेको थियो।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: