कान्तिपुर डेण्टल हस्पिटलमा अत्याधुनिक एक्स-रे मेसिनबाट सेवा शुरु

सराङकोट न्यूज
3 August, 2021 4:36 pm
Advertisements

राजधानी वाहिरको ठूलो र पहिलो डेण्टल हस्पिटल कान्तिपुर डेण्टल हस्पिटल पोखराले दन्त तथा मुख उपचार सेवालाई थप गुणस्तरीय वनाउन अत्याधुनिक एक्सरे मेसिन जडान गरी सेवा सुरुआत गरेको जनाएको छ । करिव ५० लाख मुल्य पर्ने अत्याधुनिक प्रविधिको एक्सरे मेसिन अर्थो प्लान्टोमोग्राम (OPG) र सेफालोग्राम (CEPH) बाट सेवा संचालनमा ल्याएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले वताए।
डेण्टल अस्पताल संचालनको २२ वर्ष लामो अनुभव र १७ वर्ष देखि सिटिइभिटिको डेण्टल हाइजिन विषयमा डिप्लोमा तहको कार्यक्रम संचालन गर्दै आएको कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सले संयौ जनशक्ति उत्पादन गरी स्वदेश तथा विदेशी वजारमा जनशक्ति आपूर्ति गर्न सफलता हासिल गरेको छ ।
इन्स्टिच्युटले डेण्टल हाइजिन विषयको अलावा डिप्लोमा तहको फार्मेसी, रेडियोलोजी र ल्याव टेक्निसियन विषयको एकेडेमिक कार्यक्रम संचालन गर्दै आएको अस्पतालका प्रशासकिय प्रमुख सिता श्रेष्ठले वताइन् ।
२१ औं शताव्दीको शिक्षा सीप मुलक दक्ष शिक्षालाई आत्मसात गर्दै आएको कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सले एकेडेमिक कार्यक्रमलाई थप गुणस्तरीय र वैज्ञानिक एवम् प्रविधि मैत्री वनाउँदै लैजाने योजना अघि वढाउँदै लैजाने दावी गरेको छ । विद्यार्थीलई सिक्ने र सिकाउने मामलामा कुनै सम्झौता नहुने इन्स्च्यिुटका CEO प्रतिकमान श्रेष्ठ बताउँछन् ओपिजी र सिइपिएच यसको आधार हो श्रेष्ठले भने । विद्यार्थीलाई गुणस्तरीय शिक्षा विरामीलाई गुणस्तरीय र सुविधा सम्पन्न उपचार कालागि नयाँ प्रविधि जरुरी रहेको पनि श्रेष्ठले वताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: