२१९ हराएका मोवाइल भेटिए

सराङकोट न्यूज
19 August, 2021 10:01 am
Advertisements

मोवाइल हराइसकेपछि भेटिन गाह्रो छ भन्ने आम धारणालाई प्रविधिले गलत सावित गर्दै छ। कास्की प्रहरीले गत आ.व. २०७७÷७८ मा मात्र २१९ वटा हराएका चोरी भएका मोवाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई वुझाएको छ।
कास्की प्रहरीमा सो आर्थिक वर्षमा १७९५ वटा मोवाइल हराएको भन्दै खोजतलास गर्न निवेदन परेको थियो ति मध्य २१९ वटा मोवाइल फेला परेको कास्की प्रहरीका नि प्रवक्ता प्र.नि. दिपक केसीले वताए । मोवाइल चोरी समस्याकै रुपमा देखिएको भन्दै सचेत रहन आम नागरिकलाई कास्की प्रहरीले अपिल गरेको छ। ठूला चाडवाड आइरहेको र ति चाडवाडमा मोवाइल पैसा र गरगहना चोरी हुने घटना वढ्ने गर्दछ ।
चोरीको मोवाइल फेला पार्न मोवाइलमा हुने इ.एम.आई नम्वर अनिवार्य आवश्यक पर्ने आइ.टि. का जानकारहरु वताउँछन् । मोवाइलमा रहेको इ.एम. आइ नम्वर दुरसंचार कम्पनीमा उक्त नम्वरमा प्रयोग गरिने नयाँ सिमबाट खोज तलास गर्न सकिने वताइन्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: