कोपिलढुङ्गाको सरकारी घर जग्गा, २० वर्षलाई रोटरी क्लबलाई दिने तयारी, स्थानीय असन्तुष्ट, कोपिलढुङ्गा संकटमा

यदुनाथ बन्जारा
2 November, 2021 11:28 am
Advertisements

पोखरा महानगरपालिका वडा नं.३ मा रहेको ऐतिहासिक र धार्मिक महत्व बोकेको स्थल हो कोपिलढुङ्गा । करिब २० आना सरकारी जग्गामा बनेको भवनमा सेतो गुँरास नामक सामाजिक संस्थाले बाल विकास केन्द्र अर्थात शिशु स्याहार केन्द्र सञ्चालन गर्दै आएको थियो । दैनिक करिब ३० जनासम्म बालबालिकाको शिक्षा दिक्षा भरपोषण गर्दै आएको संस्था अहिले अस्तित्वमा देखिदैन।
कोभिड–१९ को महामारीपछि शिशु स्याहार केन्द्र पूर्ण प्रभावित बनेको अवस्था छ । शिशु स्याहार सम्बन्धी कार्य विगत झण्डै २ वर्षदेखि ठप्प रहेको सोही भवनमा सृजनशिल अपाङ्ता सरोकार समिति सञ्चालन गर्दै आएका समितिका अध्यक्ष फडिन्द्र प्रसाद पौडेलले बताए । अहिले उक्त सेतो गुँरासले स्थापना गरेको कोपिलढुङगा भवनमा मिजार समाज कास्कीको कार्यालय रहेको छ ।
यस अघि ३ नम्बर वडाको कोपिलढुङ्गा टोल विकास संस्थालाई वडा कार्यालयबाट हटाइ तालाबन्दी गरिएको प्रति टोल विकास सम्वद्ध व्यक्तिहरु दुखेसो पोख्छन् । टोलबासीकै हक हितमा काम गर्ने समितिलाई समेत हटाइएपछि त्यहाँ गैह्र सरकारी संस्थालाई सुम्पने तयारी वडा नं.३ कार्यालयले गरेको खुल्न आएको छ ।


कोपिलढुङ्गा सरकारी जग्गा हो, सरकारी सम्पत्ति हो, त्यति मात्र नभएर हजारौले पूजा आजा गर्दै आएको पुरातात्विक महत्वको धार्मिक स्थल पनि हो तर स्थानिय सरकारले व्यक्तिगत चिनजानका आधार भरमा उक्त स्थान रोटरी क्लबलाई सुम्पने तयारी गरिएको छ । त्यसको पहल वडा नं.३ का अध्यक्ष रविन्द्र बहादुर प्रजुले गरेको स्वयम् प्रजुले नै बताउने गरेका छन् । वडाले मात्रै सरकारी घर जग्गा गैह्र सरकारी संस्था रोटरी क्लबलाई दिन नमिल्ने भएपछि वडाले महानगरलाई २० वर्षका लागि सम्झौता गरिदिन सिफारिस गरी पठाएको खुल्न आएको छ ।
सरकारी तथा सार्वजनिक सम्पत्ति गैह्र सरकारी संस्थालाई बीस वर्ष सम्म दिइदा पूरा गर्नुपर्ने प्रक्रिया मिचिएको कतिपयले आरोप लगाएका छन् । महानगरको निर्वाचित जनप्रतिनिधिका कार्यकाल सकिने बेलामा भएको २० वर्ष सम्झोताको पहल कति कानून सम्मत छ त्यस बारेमा पनि खोजी हुनु जरुरी छ । वडा नं. ३ कार्यालयले कोपिलढुङ्गाको घर जग्गा २० वर्ष लामो सम्झौता गरी रोटरी क्लबलाई गर्न दिने गरी महानगरपालिकामा सिफारिस गरी पठाएपनि मेयर मान बहादुर जि.सी बिरामी परेका कारण सम्झौता रोकिएको छ । यहा का.वा. मेयर मञ्जुदेवी गुरुङ कोमा उक्त सम्झौताको फाइल प्राप्त नभएको उपमेयरकी प्रेस संयोजक एकराज गिरीले बताएका छन् । रोटरी क्लब पोखराका अध्यक्ष निर्मल कर्माचार्य सँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल उठाएन।
यता सम्झौता नभइकन रोटरी क्लबले कोपिलढु·ाको घर जिम्मामा पाएझै गरेर रंगरोगन गरेको छ । बत्ती पानी जोड्ने कार्य अगाडी बढाएको छ। सरकारी जग्गा हल्का रुपमा गैह्र सरकारी संस्थालाई प्रयोग हस्तान्तरण गर्दै जाने हो भने अन्य गैह्र सरकारी संस्थाहरुले पनि नजिरको रुपमा सरकारी सम्पत्तिमा हक खोज्न सक्ने र त्यसले अराजकता बढाउन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: