प्रेस सेन्टर कास्की शाखाको अधिवेशन १७ गते हुँदै, अध्यक्षमा तीन जनाको दाबी

सराङकोट न्यूज
2 November, 2021 5:42 pm
Advertisements

पोखरा : नेकपा माओवादी केन्द्र प्रति आस्था राख्ने भातृ संगठन प्रेस सेन्टर नेपाल कास्की शाखाको पाँचौ अधिवेशन कार्तिक १७ गते पोखरामा हुने भएको छ । यस अघि कार्तिक १२ गतेलाई तोकिएको अधिवेशन ५ दिन पछि लाई सारिएको थियो ।
जिल्ला नेतृत्वका लागि यतिखेर ३ जनाको उम्मेद्वारी चर्चामा रहेको छ । पत्रकार महासंघमा सकृय रहँदै आएका पत्रकारहरु दिपक परियार, कृष्ण दवाडी र शिवराज वस्ताकोटीले अध्यक्षको दावी गर्दै आएका छन् । कृष्ण दवाडी पत्रकार महासंघ कास्कीका कोषाध्यष हुनु भने दिपक परियार सचिव पदमा पराजित भएका थिए यस्तै शिवराज वस्ताकोटीले वलियो मत ल्याएर का.स.स. मा जितेका थिए ।
सेन्टरको अधिवेशनलाई सर्वसम्मत् वनाउन दलले पहल गरे पनि उम्मेद्वारहरु मध्य कतिपयले आफूले नेतृत्व पाउनु पर्ने माग गर्दै अरुको नाममा सर्व सम्मत गर्न नसकिने बताउँदै आएका छन् । कृष्ण दवाडीले भने“सके सम्म सर्वसम्मत गर्ने नसके प्रजातान्त्रिक प्रकृयामा चुनावमा जान पनि आफू तयार रहेको बताए । अर्का उम्मेद्वार शिवराज वस्ताकोटीले पनि आफू वलियो उम्मेद्वार रहेको दवाी गर्दै सर्वसम्मत् वा निर्वाचन जता जान पनि तयार रहेको बताएका छन् । अर्का प्रतिस्पर्धी दिपक परियार, सकेसम्म सर्वसम्मत गरिने त्यसो सम्भव नभएमा अन्तिम विकल्पको रुपमा निर्वाचनमा गएर भएपनि नेतृत्व चयन टुङ्याउन तयार रहेको बताए ।
अध्यक्षका तीनै जना उम्मेद्वारहरु प्रेस सेन्टरका कृयाशिल पत्रकार हुन् । शिवराज वस्ताकोटी प्रेस सेन्टरका सल्लाहकार हुन भने दिपक परियार उपाध्यक्ष र कृष्ण दवाडी सचिव हुन् यि वाहेक सेन्टरका अर्का उपाध्यष विश्व सुवेदीले पनि अध्यक्षको उम्मेद्वारी दिने वुझिएको छ । उनले भने “उसै दिन वोलौला।”

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: