दर्शकले ‘चपली हाइट थ्रि’ बाट फरक स्वाद पाउँनेछन्–कलाकार प्रतिकमान श्रेष्ठ

सराङकोट न्यूज
14 December, 2021 10:08 am
Advertisements

पोखरा : ठूलो पर्दाको फिल्ममा डेब्यु गरेका कलाकार प्रतिकमान श्रेष्ठले “चपली हाइट थ्री” नामक चलचित्रमा मुख्य कलाकार हरुकै भूमिकामा आफ्नो कलाकारिता प्रस्तुत गर्ने मौका पाएको बताएका छन् । यस अघि म्युजिक भिडियो, सर्ट मुभि र विज्ञापनको मोडलको रुपमा खेलेका श्रेष्ठले सानै देखि आफ्नो रुचीको विषय कलाकारिता तर्फ नै मोडलिङ हुँदै ठूलो पर्दाको चलचित्र चपली हाइट थ्री को भूमिकामा अभिनय गर्न पाएकोमा उनले खुसी व्यक्त गरे ।
प्रोड्युसर वि.एम.श्रेष्ठ र अर्जुन कुमार डंगोल समेत रहेको चलचित्र चपली हाइट थ्री ले समाज केन्द्रित विषयमा खास गरी क्राइम, सन्स्पेन्स, थ्रिलर र मनोरन्जन प्रदान गर्न फरक खालको कथा पस्कने कलाकार प्रतिकमान श्रेष्ठ बताउँछन् । उक्त फिल्ममा श्रेष्ठले प्रहरी अफिसर “सई साप” को भूमिका निर्वाह गरेका छन् । ठूलो फिल्ममा एकै पटक मुख्य भूमिकामा खेल्न पाएको र अभिनयमा सन्तुष्ट रहेको बताउँदै आगामी दिनमा चलचित्र क्षेत्रमा आफू सक्रिय पूर्वक लागि पर्ने बताउँछन् ।

दर्शक भनेको हाम्रा भगवान् र न्यायाधीश हुन् । त्यसैले न्यायाधीश दर्शक र भगवान्को सदासयता प्रति अनुग्रहित हुँदै अगाडी बढ्ने तर्फ केन्द्रित छु कलाकार श्रेष्ठले भने । नेपालमा प्लस टु, भारतको बेङ्लोरमा ब्याच्लर र अस्टे«लियाबाट इन्टरनेशनल टुरिजम अफ हस्पिटालिटीमा मास्टर डिग्री गरेका श्रेष्ठ भन्छन् पढ्ने बेलामा विदेश रहदा पनि कलाकारिता र अभिनयलाई निरन्तरता दिदै म्यूजिक भिडियो, सर्टमुभी बनाउँदै आएको र त्यही मनभित्रको रुचीलाई मूर्तरुप दिन सफल भएको उनले भने ।
झण्डै २ वर्ष सम्म खुम्चिएको चलचित्र बजार लयमा फर्कन खोजेको छ । नेपाली लगानी कर्ता र कलाकारहरुमा पलाउँदै गरेको उत्साहलाई जिवन्त राख्न हल व्यवसायी, वितरक देखि दर्शकहरु समेतको मुख्य भूमिका रहने श्रेष्ठले बताए । तर नेपाली फिल्मका वितरकहरुले पहिलो प्राथमिकता नेपाली चलचित्रलाई नै दिनुपर्ने भएपनि भारतीय फिल्म लगायत विदेशी फिल्मलाई प्राथमिकता दिन खोज्दा नेपाली सिनेमा पछि पर्न जाने तर्फ सचेत रहन उनले आग्रह गरे । पुष २ गतेबाट देशभरी एकै पटक प्रदर्शन सुरु गर्ने भन्दै घोषणा भएको चलचित्र चपली हाइट थ्रीको प्रसारण प्राथमिकतामा नराखी अन्य चलचित्र प्रदर्शन हुन सक्ने जानकारी आइरहेकोले प्रसारण मिति धकेलिन पुगेको बताइएको छ । वितरकको यो कार्यशैलीका कारण लामो समयदेखि नेपाली फिल्म हेर्न नपाएका नेपाली दर्शकहरुमा थप निराश बनाउन सक्ने अवस्था आएको छ ।
नेपाली सिने बजार उकास्न यहाँका हल मालिक, वितरक लगायतको भूमिका मुख्य हुन्छ । नेपाली चलचित्र उकास्न राष्ट्रिय भावनाको विकास र कर्यान्वयन पनि उत्तिकै आवश्यक रहेको तर्फ सबैले सोच्न आवश्यक रहेको छ ।

‘चपली हाइट ३’ दुई साता पछि सर्‍यो, अब पुस १५ मा रिलिज हुने

दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’ आएको खण्डमा आफूले चलचित्र नै रिलिज नगर्ने बताउँदै आएका निर्माता अर्जुन कुमारले अन्ततः ‘चपली हाइट ३’को प्रदर्शन मिति सारेका छन् । अर्जुनले चलचित्रको प्रदर्शन मिति दुई साता पछि सारेको जानकारी दिए ।


अब यो चलचित्र पुसको १५ गते रिलिज हुने भएको छ । ‘चपली हाइट ३’ पुस २ गतेबाट रिलिज हुने तयारीमा थियो । तर, यो मितिमा अंग्रेजी चलचित्र ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमार पछि हटेका हुन् । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम र प्रतिकमान श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । निकेश खड्काले निर्देशन गरेको ‘चपलीहाइट ३’ले नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने विश्वास लिइएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: