रेवानको सडक महोत्सवमा गृहमन्त्रीलाई टुवोर्ग वियरको स्वागत ! नेपालको कानुन कार्यान्वयनमा चुनौती

यदुनाथ बन्जारा
4 January, 2022 3:08 pm
Advertisements

नेपाल सरकारका मन्त्रीहरु मध्य सवैभन्दा पावरफूल मन्त्रीको रुपमा गृहमन्त्रीलाई लिइन्छ । गृह मन्त्रालयलाई देशका हरेक कानुन कार्यान्वयनका लागि अग्रणी अधिकार रहेको हुन्छ । देशभरका प्रहरी परिचालन देखि प्रशासन चलाउने मन्त्रालय नै गृह मन्त्रालय हो । गृहमन्त्रीको हातमा यति पावर हुन्छ कि त्यसको सदुपयोग भयो भने देशमा सुशासन कायम भई आम सर्वसाधारणले न्याय महसुस गर्नेछन् । सरकारलाई सफल पार्ने कि असफल पार्ने भन्ने विषय पनि गृहमन्त्री कै कार्यशैलीमा भर पर्ने कुरा हो ।
समग्रमा बुझ्ने हो भने देशका मौजुदा कानुनको परिपालक नै गृहमन्त्री मुख्य पात्र हुन्। कानुन उल्लंघन गर्ने तत्व जुनसुकै भएपनि कानुनी दायरामा ल्याई कारवाही गर्ने जिम्मेवार व्यक्ति गृहमन्त्री स्वयम् कानुन मिचाहाहरुलाई पक्षपोषण गर्दै ढाडस दिन लाग्छन् भने त्यसले के सन्देश देला विचारणीय र चिन्ताको विषय वनेको छ ।
यसको उदाहरण खोज्न टाडा जानु पर्दैन देशकै ठूलो महानगर पोखरामा हालै मात्र सम्पन्न भएको रेष्टुरेन्ट एण्ड बार संचालकहरुको संस्था रेवान पोखराले आयोजना गरेको सडक महोत्सव उद्घाटन र स्वागत गेटलाई नियाले पुग्छ । रेवानको सडक महोत्सव उद्घाटनमा नेपाल सरकारका वहालवाला गृहमन्त्री वालकृष्ण खाँण आएका थिए । रेवान सडब मेलाको स्वागत गेट टुवोर्ग वियरबाट निर्मित देखिन्थ्यो ।

शहीदचोक स्थित जिल्ला अदालत र वैदान प्रहरी कार्यालय भन्दा करिव सय मिटर मात्र पर मूल सडकमा टुवोर्ग वियरको विज्ञापन राखिएको स्वागत गेट बाट सडक महोत्सव उद्घाटनका लागि पोखरा आएका गृहमन्त्री वालकृष्ण खाँणको स्वागत गरिएको थियो । नेपालको मौजुदा कानुनले सार्वजनिक स्थलहरुमा रक्सी वियर चुरोट खैनी अर्थात् मद्यपान धुम्रपानको विज्ञापन प्रचार सामाग्री राख्न पाइदैन । यसको अर्थ सार्वजनिक स्थलमा धुम्रपान मद्यपानको प्रचार प्रसार सामाग्री राख्नु गैह्र कानुनी कार्य हो । गैह्र कानुनी कार्य गर्ने जुन सुकै व्यक्ति वा संस्था भएपनि कानुन वमोजिम कारवाही गर्ने मुख्य अड्डा भनेको प्रहरी प्रशासन हो त्यसको तालुक मन्त्रालय गृह हो आधिकारिक ओहोदा गृह मन्त्री नै हो ।
तर रेवानको त्यो अवैध कदम प्रति नेपालका गृहमन्त्री झुके या झुकाइयो । गृहमन्त्री काठमाडौं बसे पनि उक्त मन्त्रालय अन्तरगत कार्य गरी कानुन कार्यान्वयन गर्ने काम जिल्ला तहमा प्रहरी प्रशासनको हो तर सय मिटरको दुरीमा रेवानले टुवोर्ग वियरको स्वागत् गेट बनाएर गृह मन्त्री समेतलाई ठाडो चुनौ दियो । न गृहमन्त्री खाँणले वियरको स्वागत गेटको वारेमा अव्जेक्सन गरे न प्रहरी प्रशासनले नै अवैध गेट हटाउन सक्यो ।
विगतका वर्षहरु अगं्रेजी नयाँ वर्षका अवसरमा आयोजना गर्ने रेवानको सडक महोत्सव रक्सी वियर मय हुने गर्दथे । त्यस वेला पनि सराङकोटले कानुन विपरित सार्वजनिक सडकमा टाँगिएको मद्यपानका होर्डिङ वोर्ड, क्रस रोड व्यानर र स्वागत गेटको भण्डाफोर सराङकोटले गरी नै रह्यो । त्यसपछि महानगर र प्रहरी प्रशासनले त्यस्ता दर्जनौ वोर्ड, गेट व्यानर हटाउँदै आएको थियो तर यस पटक पनि ठाउँ ठाउँ त्यस्तै वोर्ड राखियो तर न प्रशासनले हटायो न त महानगरपालिकाले नै कानुन कार्यान्वयन गरायो ।
गृहमन्त्रीलाई नै सडक महोत्सव उद्घाटन गर्न ल्याएका कारण रेवानले कानुनको धज्जी उडाएर राखेका स्वागत गेट हटाउन प्रहरी, प्रशासन र महानगर प्रशासन कसैले आट नगरेको बुझ्न सकिन्छ । सर्वसाधारणलाई लाग्ने कानुन यो वर्ष रेवानलाई किन लागेन? रेवानको उद्घाटनमा आएका गृहमन्त्री वालकृष्ण खाँणले कानुन मिचाहा रेवानलाई ढाडस दिदै प्रहरी प्रशासनलाई २४ सैं घण्टा खोल्न दिन र कुनै दुःख नदिन निर्देशन दिए तर लेकसाइड भित्रका विकृति विसंगती तर्फ कुनै ध्यान दिएनन् ।
कानुन विपरित काम गर्ने रेवानले राखेको वियरको स्वागत गेटबाट महोत्सव उद्घाटन स्थलमा छिरेका गृहमन्त्री खाँण पनि कानुन कार्यान्वयनमा कमजोर देखिएका छन् । हेर्दा सामान्य लाग्ने मद्यपानको सडक स्वागत गेट कानुनका आँखामा निर्लज्ज प्रकृतिको छ । यसले नेपालको कानुन ठूला वढाले जानुन भन्ने उख्यानलाई थप चरितार्थ गरेको छ । अवका दिनमा पनि यस्ै कानुन मिचाहा प्रवृत्ति वढ्दै जाने अवस्था आएको छ । वियर कम्पनीबाट स्पोन्सर पाएर ठूलो रकम पचाउन रेवानले गरेको कार्यमा गृहमन्त्रीको समर्थन रहनु लाई कसरी सकारात्मक मान्न सकिन्छ ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: