बेबारिस पोल २ वर्षमा उठाइयो

सराङकोट न्यूज
10 July, 2022 9:51 am
Advertisements

नेपाल टेलिकम आम जनताको करबाट चलेको पव्लिक लिमिटेड कम्पनी हो । टेलिफोन सेवामा काम गर्ने नेपाल टेलिकम नेपालकै नाफामा चल्ने धनी कम्पनी हो । धनी कम्पनी भएर होला एक डेढ लाखका समान मिल्किदैमा उनिहरुलाई वास्ता समेत नहुने रहेछ । यि कुरा त्यसै भनेको या फगत आरोप होइन । पोखरा–१७, महतगौंडा सडक किरानामा मिल्काइएका टेलिफोनका आल्मुनियम पोलहरु हुन् । सडकका किनारामा करिव दुई वर्ष अघि देखि वेवारिसे अवसथामा मिल्काइएका यि पोलको प्रति गोडा मूल्य ११ हजार ९ सय रुपैया पर्ने नेपाल टेलिकम पोखरा कार्यालयका जिन्सी शाखाका कर्मचारी केशव अर्याल बताउँछन् । ५ वटा पोल बाटो हिड्नेले महिनौ देखि देख्दै आएका हुन् । वर्षामा घाँस झाडीले पुरिने हिउँदमा वाहिर देखिने यि पोलहरु टेलिकमले भने देखेन । स्थानीयले हामीलाई खबर गरे, हामीले टेलिकमलाई झक्झक्याउन सुझाव दियौं तवमात्र गत हप्तामात्र केहि पोल टेलिकमले उठायो अझै केहि पोल नाला, झाडीमा मिल्किएका छन् । कति पोल कहा मिल्किएर वेवारिसे छन् हामीले टेलिकम पोखरालाई सोध्दा उनिहरुसँग ठोस जवाफ छैन । कर्मचारीहरु भन्छन् “काम कुरो पहिलाकै रहेछ म भर्खर आएको थाहै छैन ।” यस्तै गरी वेवास्ता गर्ने हो भने के के समान हराए, वेवारिसे भए कसले गर्ने लेखा जोखा ? टेलिकम पोखराका प्रमुख रवि मानन्धर भन्छन् “त्यस्तै मिल्किएको देखिए खवर गर्नुहोस् हामी उठाउँछौं नागरिकले भने मात्र उठाउने नत्र वेवास्ता कहिले सम्म ? सरोकारवाला निकायको ध्यान जान जरुरी छ । शब्दचित्रः सराङकोट ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: