नेताहरुमा देखिएको सत्ता स्वाद र अन्त्यहिन विवाद

शिवराज वस्ताकोटी (शिवदाई)
7 August, 2020 2:26 pm
Shiva Raj Bastakoti
Advertisements

हामीले व्यवस्था परिवर्तन ग¥यौ शासक परीवर्तन ग¥यौ भनेर वडो हर्शोल्लास मनायौ आम नेपाली जनताको जित भयो भन्नेमा हामी ढुक्क भयौ तर हामीले जे सोचेका थियौ यो देसका राजनीतिक दलहरुले हिजो जे भनेका थिए त्यो असत्य सावित हुँदै गयो हामीले गरेका अपेक्षा आशा भरोषा र विश्वासमा समेत दलहरुले कुठाराघात गर्दै गए । जसले गर्दा आज आएर हामीले संघिय गणतान्त्रिक लोकतन्त्र आए पनि वर्षो सत्तामा रहेको पाटी प्रतिपक्षमा हुँदा र वर्षो देस र जनताका लागि सघर्ष गर्ने सर्वहारा वर्गको पक्षधर सर्वहारा वर्गको वकालत गर्दै आइरहेको कम्युनिष्ट टुट र फुटको यात्रा गर्दै चुनावको वेला एकताको नाटक मञ्चन गरी दुई तिहाई वहुमतको सरकार वनाउन सफल भयो नेपाली जनताले पनि साथ दिदै आफ्ना सपनाहरु पुरा हुने भए भन्नेमा ढुक्क हुँदै मतदान गरेर । दुई शक्तिशाली पाटीलाई सत्ता र प्रतिपक्षमा स्थापित गराए । तर ति दुवै पाटीले लोकतान्त्रिक पद्दतिलाई नै लत्याउँदै आआफ्ना स्वार्थमा रुमलिदै गए खानेवेला एकता स्वार्थ पुरा गर्दा सहमती अन्य प्रति विश्वास पनि टुट्दै गयो।
फेरी यो सत्ता स्वादमा रमाउनेमा कांग्रेस र कम्युनिष्टहरु नै रहे विगतमा पनि कसैले थोरै कसैले धेरै समय सत्ता स्वाद लिएकै हुन् त्यो सत्ता स्वादलाई विर्सन नसकेकै कारण दलहरुमा मात्र विवाद रहेन दल भित्रै पनि सत्ता स्वादको विवादले जन्म लियो जसको उदाहरणका रुपमा हालमै नेकपा भित्र चुलिएको विवादलाई नै लिन सकिन्छ । जव एउटै पाटी भित्र सत्ता स्वादको लडाइमा लड्दा लड्दै गुट उपगुट हुँदै व्यक्ति व्यक्ति आरोप प्रत्यारोपमा समेत उत्रन थाल्छन् भने झै नेपाली जनताको इच्छा आकांक्षा र अपेक्षा यिनले पुरा गर्न सक्छन् त भन्ने कुरामा शंका गर्नु पर्ने वेला आएको छ । नेपालमा आजसम्म आइ पुग्दा सवै भन्दा शक्तिशाली सरकार दुई पटक वने त्यसमा राजा महेन्द्रका पाला विपी र मातृका कोइरालाको द्धन्तवजाइले गर्दा २०१५ सालमा वनेको वलियो सरकार मात्र ढलेन सम्पूर्ण अधिकार सहित शासन सत्ता राजा महेन्द्रले लिए । ठिक त्यसैगरी वर्तमान सरकार पनि त्यस पछिको सवैभन्दो वलियो शक्तिशाली सरकार वन्यो तर सरकार वन्दा कै दिन देखि स्वयं सत्तासित पाटी भित्रकै नेताहरुका सत्ता स्वादको स्वार्थले कटुतामा रुपान्तरण गरी दियो फल स्वरुप पाटी एकता भनिएपनि माथि देखि तलसम्म पाटी एकता नभएका संकेत हरु देखिन थाले विभिन्न घटनाक्रमले पनि पाटी एक नभएको पुष्टि भइरहँदा रहँदै पनि ठूलो पाटीमा साना तिना फरक मत रहीरहन्छन् भन्दै नेता कार्यकर्ताले चित्त वुझाउँदै आइरहेका थिए । तर पछिल्ला राजनीतिक घटनाक्रमले गराई शीर्ष नेताहरुको विवादले पुरै पाटी मात्र होइन संसद देखि सडकसम्म गुट उपगुटका नाममा धारे हात लगाउँदै एक आपसमा विरोध गर्दै नेता कार्यकर्ता उत्रदै जानुले शीर्ष नेताहरुकै सल्लाहकारहरुबाटै फेसवुक वाल तताउँदै विभिन्न वखेडा मुक्त वक्तव्य जारी गरी एकले अर्को नेतालाई नंग्याउदै जाँदा एकदिन यस्तै भयो भने पाटी दुर्घटनामा प¥यो भने म स्वंय पनि नांगिने छ भन्ने तक ख्याल नराखी यसरी पोखिनुले गर्दा पाटीमात्र होइन सिंगो देस नै दुर्घटनामा पर्ने त होइन फेरि उहि विपीकै पालाको घटना केपीको पालामा पनि दोहोरिने त होइन भन्ने खतराको संकेत देखिन थालेको छ । जसले गर्दा इमान्दार देस भक्त सवै पाटीका नेता कार्यकर्ताहरु चिन्तित हुन थालेका छन् जसलाई सत्ता स्वादको कुनै लालच छैन उनिहरुले अझै पनि यसरी सत्तासिन पाटीमा भित्रभित्रै पानी कारोवार हुदै जानु भनेको राष्ट्रिय दुर्घटना निम्त्याउनु हो भनि रहेका छन् । तर श्रीर्ष नेताहरु भने आफू सवार त्यो जसको पानी जहाज दुर्घटनना हुँदा सिंगो देस पाटी नेता कार्यकतौ नेपाली जनता समेत दुर्घटनाका शिकार वन्न सक्छन् भन्ने नराखी सर्पको मुखमा परेको भ्यागुताको किरा खाने खोजे जस्तो र हड्डीका लागि कुकुर लडे जस्तो गरी रहेछन् । यो प्रवृत्तिले राष्ट्रलाई गन्तव्यमा न त पु¥याउन सकिन्न न त आफै पुग्न सकिन्छ भन्ने हेक्का नराखी यसरी पाटी भित्रै विवाद ल्याउनुले हामी भोली कहाँ पुग्छौ भन्ने कुराको कुनै टुंगो हुदैन । तर नेताहरुमा देखिएको विवादले गर्दा कतिपय जनता कार्यकर्ता चिन्तित छन् पाटी एकतामा वल दिनु पर्छ भनि रहेका छन् भने कति पय भने गुट उपगुटमा रुपान्तरण हुदै सडक मै उत्रेर हुनमान गिरी प्रकृति देखाइ रहेका छन् । यो पक्कै पनि राम्रो संकेत होइन ।
फेरी नेपालको इतिहासमा कांग्रेस र कम्युनिष्टहरुको एकता द्धन्द्ध गुट उपगुट विवाद वहस कहिल्यै अन्त्य नभएको विवाद गुट उपगुटले निरन्तरता पाइरहेका देखिन्छ । यतिवेला पनि त्यही प्रकृया दोहोरिएको छ एउटै पाटी भित्र यसरी सत्तास्वादको विवाद हुनु भनेको सिंगो देसलाई नै खतराहरुको त्यसैले प्रधानमन्त्री जयू र शीर्ष नेताहरुले यसरी विवाद गर्नु उचित हुदैन प्रधानमन्त्री पनि तानाशाह वन्न खोज्नु हुदैन श्रीर्ष नेताहरु पनि सडकमा पोखिनु हुदैन तर पछिल्ला राजनीतिक घटनाक्रमले देखाएर अनुसार भने कुनै पनि नेपाली जनताको चित्त वुझ्ने अवस्था भने छैन ।
श्रीर्ष नेताहरुमा देखिएको विवाद देस र जनताका लागि भन्दा पनि सत्ताकै इर्दगिर्द घुमेको सत्ता स्वादमा रमाउन खोजेका मन हरुको उपज हो कि भन्ने देखिएको छ ।
कोही सत्तामै रहीरहन विधिकै मिच्न खोज्ने कोही सत्तामै पुग्न विचिनै विपरित जस खोज्ने पवृत्ति वर्तमानमा मात्र नभै विगतमा पनि देखिएकै हो । वर्तमान प्रधानमन्त्री समेत हिजोका मन्त्रीहरुलाई प्रधानमन्त्रीबाट राजिनामा दिनु पर्छ भन्ने मध्ये मै पनि पर्नु हुन्छ र आज स्वंय त्यहि राजिनामा मात्रको शिकार वन्न पुग्नु भएको छ । त्यसैले सत्ता स्वादमा रमाउन खोज्नु भन्दा देस र जनताका लागि रमाउ खोज्नु आजको आवश्यकता छ देसले त्यही मागेको छ जनताले चाहेका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: