विघटन र विभाजनको कठघरामा गणतन्त्र

शिवराज वस्ताकोटी (शिवदाई)
7 January, 2021 9:15 am
Shiva Raj Bastakoti
Advertisements

बर्षौ देखि जरा गाडेर स्थापित भएको राजतन्त्र फालेर गणतन्त्र ल्यायौ भनेर घिरौला जत्रो नाक बनाउनेहरु कसैको नाक यतिखेर खुम्चिएको छ कसैको सिकुडिएको छ कसैको कच्याक्कुचुक्क परेर झुण्डिएको छ । किनभने हिजो आम जनतालाई हक अधिकारको सुनिश्चितताको लालस देखाएर बन्दुक समात्न लगाउने सडकमा ढुगो मुढो गर्न र टायर बाल्न लगाउनेहरुले संविधान सभाको चुनाब भएपछि सविधान बनेपछि गणतन्त्र आएपछि सम्पुर्ण जनताका समस्या हल हुनेछन जनताको भविष्य भनेकै गणतन्त्र हो भन्नेहरुले नै आज आएर त्यहि गणतन्त्र लाई जुंगाको लडाइ सगै जोड्दै र भागवण्डातन्त्रमा परिणत गर्दै गणतन्त्रलाई बाँदरको हातमा नरिवल भनेझै गरि रहेका छन्।
हिजो जनतालाइ दिएका आश्वासन जनतालाइ देखाएका सपना र हिजो जनताले रगत बगाएर ल्याएको गणतन्त्र लाई कुर्चि र पदका लागि गणतन्त्र लाइनै सम्वादको वाहक र प्रयोगशालाको पदार्थ जस्तो बनाउदै सत्ताको स्वाद लाइ सम्झदै राष्ट्र राष्ट्रियता राष्ट्रिय स्वाधिनता र जनतालाइनै बिर्सदै विघटनको झटारोले हान्दै आ आफ्नै कुर्चि भाच्न तुल्दै र पाटिलाई नै विभाजनको चरम् शिखरमा पुर्याउदै कोहि सडकमा रन्थनिदै छन् त कोहि वालुवाटारमै रन्थनिदै छन्। भन्दा एक पक्षले ससद विघटन गणतन्त्रको रक्षाका लागि चालिएको कदम भन्दै छन् भने अर्को पक्ष भने गणतन्त्र खतरामा पर्यो अब गणतन्त्र बचाउनकै लागि माइति मण्डला याने सडकमा आउनुको विकल्प रहेन त्यहि भएर हामी यहाँ छौ है भनी रहेका छन् उता अर्को पक्ष कहिले खिया लागेको नटवोल्ट खसेछन् गाडि ता झन् दौडियो भन्दैछन् कहिले पिलो निचोरिएको हो तौल घटेको छैन भनी रहेका छन् त कहिले कहाँ हराए भनेको ता त्यहा रहेछन् भन्दै ब्यग्य वाण प्रहार गरि रहेको छ।
अनि अब नेपाली जनताले कहिले सम्म वालुवाटारको घर र माइति मण्डलाको सडकमा बसेर खेलेको दोहोरि सुनि रहने दुवै पक्षलाइ हेक्का रहोस् नेपाली जनताले बम बारुद गोलि गड्डाको दोहोरि दस बर्षसम्म सुनी सकेका छन् यस्ता बकम्फुसे दोहोरिको प्रभावमा पर्ने वाला छैनन्।पर्दा पनि पर्दैनन् । के नेपाली जनताले यहि दिन देख्नकै लागि त्याग तपस्या र वलिदानि गरेका थिए त । के नेताहरु लाई माइति मण्डलामा बसेर कहिले पेरिसडाडामा बसेर घोक्रो फुलाइ फुलाइ फिल्मि स्टाइलमा भाषण गर्न र डायलग मार्न बालुवाटार गोठाटार बसेर टुक्का जोडजाड गर्दै चटके ब्यङ्यात्मक भाषण गर्दै गरेको भाषण सुन्न र खालि भोको पेटले तालि मार्नकै लागि गणतन्त्र ल्याउन यति धेरै क्षति व्यहोरेका हुन् त?
किन टोलाएको ए नेता मन्त्री ज्यु यो प्रस्न अरु लाई होइन अरु सग होइन तपाईं सग सोधेको, के जनताले यस्तै स्वार्थ र भ्रष्टाचारले ओतप्रोत भएको गणतन्त्र चाहेका थिए त।?
तपाइहरुकै घमण्ड र तपाईं हरु भित्र झाकिंएको भागवण्डाकै कारण आज ससद विघटन भएको छ पाटि विभाजन भएको छ गणतन्त्र विघटन र बिभाजनको कठघरामा उभिन बाध्य मात्रै भएको छैन मलााइ बचाउ मलाइ बचाउ मेरो कलिलै उमेरमा यो विघटन र विभाजनको बिमारले गर्दा अकालमै मृत्यु हुने संकेत देखिएको छ भन्दै चिच्च्याइ रहेको छ यता तपाईंहरु त्यहि गणतन्त्र को फल घिचि रहनु भएको छ पछाडि बाट विदेसि शक्तिले घिच्चयाइ रहेको छ नेपाली जनता कोरोनाको कहर र पिडाले चिच्याइ रहेका छन् जहाज कहाँ कतिखेर डुब्छ भन्ने तपाईं हरुलाइ थाहा छैन किन भने तपाइहरुको मुन्टो ता सत्ता स्वार्थ र वालुवाटारको कुर्चिमै मात्रै गाडिएको छ।
अब जनताको प्रस्न के त्यतिभाति क्षति व्यहोरेर जनताले ल्याएको गणतन्त्र लाई अब तपाइहरुको विवाद र सम्वादको घेरामा रहेर ससद विघटन र तपाइहरुको गुटवन्दिको कारण उत्पन्न विघटन र विभाजित परिणामको कठघरामा उभिएर गणतन्त्र ले जनतालाइ वयान दिनु पर्ने हो त ? यहाँ जनताका हजारौ प्रस्न छन् यी प्रस्नहरुको जवाफ तपाइहरुले नदिए पनि केही फरक पर्दैन समयले दिनेछ किन भने नेपाली जनता अब हिजोका जस्तै तपाइहरुका झोले बनेर तपाइहरुका आज्ञाकारि राजनितीक चेला चपेटा बन्ने वाला छैनन् नेपाली जनता हिजो भन्दा आज स्वाभिमानि भइसके।
तपाइहरुको धुर्तणयाइ र फट्याइलाइ बुझि सके । अबका जनता तपाइहरुको फुर्को समातेर गया काशि जानेवाला छैनन् । नेपाल आमा प्रति गद्दार गर्ने नेपाल र नेपालि मन लाई धोका दिदै बिभाजन गर्ने सत्तामा पुग्ने बित्तिकै भ्रष्टाचारमा रमाउने हरुलाइ एक एक गरेर समाउने छन् । विघटन र विभाजनको कठघरामा रहेको लोकतन्त्र लाई बाहिर निकालेर देस र जनताको मुक्तिका लागि फेरि एक पटक नेपाल आमाको कसम खाएर ती र त्यस्ता पात्र हरु लाई ठेकाना लगाउने छन्। सबैमा हेक्का रहोस् ।समय कहिल्यै कसैको अधिनमा रहि रहदैन । चेतना भया ।।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: